बकर इदमा आपसी सद्भाव र सम्मान बढेर जाने सभामुखको विश्वास

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ६, २०७५
|
|
४८ पटक हेरिएको
Shares
बकर इदमा आपसी सद्भाव र सम्मान बढेर जाने सभामुखको विश्वास

सारांश

  • काठमाडौं, ६ भदौ ।
  • सभामुख कृष्णबहादुर महराले बकर ईदको उपलक्ष्यमा समस्त मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गरेका छन् ।
  • उनले बकर ईद पर्वले समस्त नेपालीमा आपसी सद्भाव, भातृत्व, त्याग, सेवाभाव र सम्मानको भावना पैदा गर्ने विश्वास लिएको बताएका छन् ।

काठमाडौं, ६ भदौ । सभामुख कृष्णबहादुर महराले बकर ईदको उपलक्ष्यमा समस्त मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गरेका छन् । उनले बकर ईद पर्वले समस्त नेपालीमा आपसी सद्भाव, भातृत्व, त्याग, सेवाभाव र सम्मानको भावना पैदा गर्ने विश्वास लिएको बताएका छन् ।

शुभकामनाको पूर्णपाठ :
त्याग, समर्पण र बलिदानको पर्यायका रुपमा मनाइने मुस्लिम धर्मावलम्बीहरुको महान पर्व बकर ईद (इद ऊल जोहा) को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाई, दिदीबहिनी एवं विश्वभरका सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

इस्लाम पात्रो हिजारी संवतअनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको १० औं दिनमा मनाइने बकर ईद पर्वले समस्त नेपालीमा आपसी सद्भाव, भातृत्व, त्याग, सेवाभाव र सम्मानको भावना पैदा गर्ने मैले विश्वास लिएको छु । इस्लाम समुदायले यस पर्वको अवसरमा असहाय, गरिब र विपन्न परिवारलाई अनिवार्य रुपमा सहयोग गर्नुपर्ने पद्धति उदाहरणीय छ । यस्ताखाले सेवाभावका कार्यहरु हामी सबैले आत्मसाथ गर्न सके सहिष्णुता, आपसी सद्भाव र भावनात्मक एकता अझ बढेर जानेछ ।

हाम्रोजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधताले धनी देशमा मनाइने यस्ता पर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउँदै धार्मिक सहिष्णुता, आपसी मेलमिलाप र सद्भाव कायम गर्न महत्वपूर्ण योगदान पु¥याएका छन् । भाषा, धर्म, परम्परा, रीतिरिवाज, कलासंस्कृति देशको पहिचान, सभ्यता देशको परिचायक हुन् । यी विविधतासहित आपसी सद्भाव, भातृत्वलाई जोगाउँदै धार्मिक सहिष्णुता एवं राष्ट्रिय एकतालाई मजबुत बनाउन यस पर्वले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ । फेरि पनि मुस्लिम धर्मावलम्बीहरुको महान पर्व बकर ईदले शान्ति, समृद्धि, त्याग, समर्पणभाव र सत्मार्गमा अगाडि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस्, यही शुभकामना व्यक्त गर्दछु ।

भदौ ६, २०७५
कृष्णबहादुर महरा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नं ५ : दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा शोक प्रस्ताव पारित
प्रदेश नं ५ : दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा शोक प्रस्ताव पारित
बैतडी दुर्घटना : बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायो
बैतडी दुर्घटना : बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायो
पाँच वर्षभित्र सबै नागरिकमा निःशुल्क स्वास्थ्य सेवा  पुर्‍याउछौँ: मन्त्री बस्नेत
पाँच वर्षभित्र सबै नागरिकमा निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउछौँ: मन्त्री बस्नेत
प्रदेश नम्बर २ को राजधानी जनकपुर बनाउने सहमति
प्रदेश नम्बर २ को राजधानी जनकपुर बनाउने सहमति
कुनै नेत्रीले पुरुष नेतालाई ‘तालुखुइले’ भन्न सक्छिन्?
कुनै नेत्रीले पुरुष नेतालाई ‘तालुखुइले’ भन्न सक्छिन्?
गरिब राष्ट्रले नयाँ वर्षको सुरुवातमै कोरोना विरुद्धको खोप पाउनेः विश्व स्वास्थ्य संगठन
गरिब राष्ट्रले नयाँ वर्षको सुरुवातमै कोरोना विरुद्धको खोप पाउनेः विश्व स्वास्थ्य संगठन
काठमाडौं ७ पनि बामगठबन्धनका रामवीरको अग्रता
काठमाडौं ७ पनि बामगठबन्धनका रामवीरको अग्रता
शीर्ष तथा केन्द्रीय नेताः कसले कहाँबाट गरे मतदान ?
शीर्ष तथा केन्द्रीय नेताः कसले कहाँबाट गरे मतदान ?
स्रोत सुनिश्चित र वस्तुगत योजना आवश्यक : शिक्षामन्त्री राई
स्रोत सुनिश्चित र वस्तुगत योजना आवश्यक : शिक्षामन्त्री राई
जात्रा पर्वमा भीडभाड नगर्न आग्रह
जात्रा पर्वमा भीडभाड नगर्न आग्रह