खाेज तथा जिवन रूपान्तरणका लागि ३ दिने कार्यसाला सूरू
सारांश
- झापा, २४ फागुन ।
- प्रशंसनिय खाेज तथा जिवन रूपान्तरणका लागि ३ दिने कार्यसाला सूरू भएकाे छ।
- झापाकाे अर्जुनधारा नगरपालिकाका राजनैतिक दल, विद्यार्थी, संघसंस्थाका सहित विभिन्न तह तप्कामा रहने पदाधिकारीहरुलाई तीनदिवसीय प्रशंशनीय खोज र जीवन रुपान्तरणको सहयोग पु¥याउने उदेश्यले सो कार्यशाला सुरु गरिएको हो ।
झापा, २४ फागुन । प्रशंसनिय खाेज तथा जिवन रूपान्तरणका लागि ३ दिने कार्यसाला सूरू भएकाे छ।
झापाकाे अर्जुनधारा नगरपालिकाका राजनैतिक दल, विद्यार्थी, संघसंस्थाका सहित विभिन्न तह तप्कामा रहने पदाधिकारीहरुलाई तीनदिवसीय प्रशंशनीय खोज र जीवन रुपान्तरणको सहयोग पु¥याउने उदेश्यले सो कार्यशाला सुरु गरिएको हो । अर्जुनधारा नगरपालिकाले आयोजना गरेको सो कार्यशालाको सहजीकरण रेडियो नेपालका पूर्व समाचार सम्पादक सुदन ज्ञवालीले गरिरहेका छन् ।
तालिम उदघाटन सत्रमा बोल्दै नगर प्रमुख हरि कुमार रानाले मष्तिकको सकरात्मक विकास गरेर मात्र समुदायको रुपान्तरण गर्न टेवा पुग्ने बताए ।
नगरपालिकाले तीन चरणमा कार्यक्रम आयोजना गरिएको नगर कर्मचारी खगेन्द्र लिङदेनले बताए । पहिलो चरणमा नगर पदाधिकारीहरु, राजनैतकि दलहरु, स्थानीय विभिन्न संघसंस्था, सहित
संञ्चारकर्मीहरुलाई प्रदान गरिसकिएको छ ।
दोस्रो चरणमा २५ गते युवा क्लब, राजनैतिक दलका भातृ संगठनहरु, विद्यार्थीहरु हुनेछ भने २६ गते तेस्रो चरणमा नगरका कर्मचारी, शिक्षा, स्वास्थ्य,पशु, कृषि सम्पूर्ण सूरक्षाकर्मी बिच रहने कार्यक्रम रहेको लिङ्देनले बताए ।
तालिममा जीवन के हो, कसरी संञ्चालन गर्ने, जीवनको गति कसरी अगाडि बढाउने विषयमा जानकारी भएको सहभागिहरुले बताएका छन् । पहिलो दिनको कार्यशालामा ५०० जना भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको नगरपालिकाले जनाएको छ ।
याे भिडियाे हेर्नुहाेस
https://www.youtube.com/watch?v=hn8QCrsmmGo&t=376s
प्रतिक्रिया