भारतद्वारा श्रीलंका ७ विकेटले पराजित

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २२, २०७६
|
|
२६ पटक हेरिएको
Shares
भारतद्वारा श्रीलंका ७ विकेटले पराजित

सारांश

  • एजेन्सी– १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा भारतले श्रीलंकालाई सात विकेटले पराजित गरेको छ।
  •  टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धा्रित ५० ओभरमा सात विकेटको क्षतिमा २६४ रन बनाएको थियो।
  •  एन्जेलो म्याथ्युजले शतक प्रहार गरेपनि श्रीलंकालाई जिताउन सकेनन्।

एजेन्सी– १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा भारतले श्रीलंकालाई सात विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धा्रित ५० ओभरमा सात विकेटको क्षतिमा २६४ रन बनाएको थियो। एन्जेलो म्याथ्युजले शतक प्रहार गरेपनि श्रीलंकालाई जिताउन सकेनन्।

१२८ बलको सामना गरेका उनले १० चौका र दुई छक्काको मद्दतमा ११३ रन जोडेका थिए। यस्तै लाहीरु थिरिमन्नेले ५३, धनन्जय डि शिल्भाले २९, अभिषेक फर्नाण्डोले २०, कुशल परेराले १८ र दिमुथ करुणारत्नेले १० रन जोडेका थिए। बलिङतर्फ भारतका जसप्रित बुमराहले तीन तथा हार्दीक पाण्ड्या, रविन्द्र जडेजा, भुवनेश्वर कुमार र कुलदीप यादवले एक–एक विकेट लिएका थिए।

२ सय ६५ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रेको भारतले ४३ ओभर तीन बलमा तीन विकेटको क्षतिमा लक्ष्य भेटाएको हो। भारतका लागि ओपनरद्वय रोहित शर्मा र केएल राहुलले शतक प्रहार गरे। राहितले १ सय ३ रन बनाए भने राहुलले १ सय ११ जोडे। यस्तै कप्तान विराट कोहलीले ३४ रन बनाए।

यो पनि पढ्नुस्
एउटै विश्वकपमा ५ शतक बनाउने खेलाडी बने रोहित
एजेन्सी– इंग्ल्याण्ड र वेल्समा जारी १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा भारतका ब्याट्सम्यान रोहित शर्माले पाँचौ शतक प्रहार गरेका छन्।

उनले शनिबार भएको श्रीलंकाविरुद्धको खेलमा शतक प्रहार गर्दै एकै विश्वकपमा पाँच शतक पुरा गरेका हुन्। ९४ बलको सामना गरेका उनी १४ चौका र दुई छक्काको मद्दतमा १ सय ३ रन बनाएर आउट भएका छन्।

श्रीलंकाविरुद्धको शतकसँगै रोहितले एकै विश्वकपमा पाँच शतक प्रहार गर्ने पहिलो खेलाडीको रेकर्ड आफ्नो नाममा दर्ता गराएका छन्।

यसअघि एकै विश्वकप क्रिकेटमा सर्वा्धिक शतक बनाउने खेलाडीको रेकर्ड श्रीलंकाका कुमारा सांगाकाराको नाममा थियो। उनले सन् २०१५ को विश्वकपमा चार शतक बनाएका थिए।

यद्यपी गत मंगलबार बंगलादेशविरुद्धको खेलमा शतक प्रहार गर्दै रोहित शर्माले सांगाकाराको किर्तिमान बराबरी गरेका थिए।

शर्माले यसअघि दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्याण्ड र बंगलादेशविरुद्ध पनि शतक प्रहार गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज फेरि बढ्यो सुनको मूल्य
आज फेरि बढ्यो सुनको मूल्य
मोरङको धनपालथान गाउँपालिकामा एमालेले पाएन ठाउँ, दुवै पदमा कांग्रेसको बाजी
मोरङको धनपालथान गाउँपालिकामा एमालेले पाएन ठाउँ, दुवै पदमा कांग्रेसको बाजी
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ :  उपप्रधानमन्त्री श्रेष्ठ
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
धनतेरसको दिन सुनको मूल्य बढ्यो, तोलाको कति ?
धनतेरसको दिन सुनको मूल्य बढ्यो, तोलाको कति ?
पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो
पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो
शेयर बजारमा साढे तीन अर्ब रुपैयाँ बराबरको शेयर थपिदै, १० कम्पनीको हकप्रद शेयर जारी गर्ने तयारी
शेयर बजारमा साढे तीन अर्ब रुपैयाँ बराबरको शेयर थपिदै, १० कम्पनीको हकप्रद शेयर जारी गर्ने तयारी
कोशी प्रदेश सरकारद्वारा पहिचानवादीलाई वार्तामा आउन आह्वान
कोशी प्रदेश सरकारद्वारा पहिचानवादीलाई वार्तामा आउन आह्वान
हिमालयन एयरलाइन्सको तेस्रो एयरबस भोलि काठमाडौं आइपुग्ने
हिमालयन एयरलाइन्सको तेस्रो एयरबस भोलि काठमाडौं आइपुग्ने
बडादशैँको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
बडादशैँको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
भारतको पुरानै अडानका कारण सीमा विवाद वार्ता अनिश्चित
भारतको पुरानै अडानका कारण सीमा विवाद वार्ता अनिश्चित

तपाईंले छुटाउनुभयो कि?