बामदेवबाट धोका भएको प्रचण्डमाधवको निष्कर्ष, छ बुँदे प्रस्तावमा असहमति

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १८, २०७७
|
|
५० पटक हेरिएको
Shares
बामदेवबाट धोका भएको प्रचण्डमाधवको निष्कर्ष, छ बुँदे प्रस्तावमा असहमति

सारांश

  • काठमाडौं, १८ साउन ।
  • नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता संकट अझै टरेको छैन ।
  • ओलीको राजीनामा माग्दै आएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल अझै पछि हटेका छैनन् ।

काठमाडौं, १८ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता संकट अझै टरेको छैन । ओलीको राजीनामा माग्दै आएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल अझै पछि हटेका छैनन् ।

प्रचण्ड र माधव नेपाल आन्तरिक छलफल गर्दै भावी रणनीति तय गर्न लागेका छन् । राजीनामा माग्ने समुहका उपाध्यक्ष बामदेव गौतम यु टर्न भई ओलीलाई फाइदा हुने गरी प्रस्तुत भएपछि प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल नयाँ रणनीति बुन्न सक्रिय भएका हुन् ।

विश्वस्त स्रोतका अनुसार तीनैजना नेताहरुले उपाध्यक्ष गौतमबाट धोका भएको निष्कर्ष निकालेका छन् । आन्तरिक बैठकमा नेता नेपालले गौतमबाट विगतमा पनि धोका भएको र फेरि धोका भयो भन्दै नेता अब पत्याउन नसकिने बताएका थिए । प्रचण्डले पनि गौतमले सारेको छ बुँदे प्रस्तावमा शंका व्यक्त गरेका छन् ।

ओलीलाई गलाउँदै लगिएको अवस्थामा एकाएक गौतमले छ बुँदे प्रस्ताव सारेर पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवैमा रहन दिने विषय उल्लेख गरेका थिए । उनले एउटा बुँदामा मात्र प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टीको सम्पूर्ण जिम्मेवारी दिने विषय राखेका थिए । प्रचण्डलाई फकाउन यो बुँदा राखिएको ओलीइतरको समुहको बुझाई छ । ओली यसमा सहमत भएका छन् । उनका निकटस्थले बामदेवको प्रस्ताव नै सहमतिको बिन्दु हुनसक्ने बताएबाट यो तयार गर्न ओली पक्षकै नेताहरु सक्रिय भएको प्रचण्ड र माधव समुहको निष्कर्ष छ ।

सहमतिको छ बुँदा ल्याएपछि प्रचण्ड र माधव नेपाल सहमत छैनन् । विशेषगरी वरिष्ठ नेता माधव नेपाल वार कि पार मै जान चाहिरहेका छन् । ओली पक्ष पनि प्रचण्ड गल्ने अवस्थामा पुगिसकेको तर नेता नेपालका कारण माहोल अनुकूल नबनेको बुझाईमा छ । अहिले ओलीसँग प्रचण्डको भन्दा माधव नेपालको टकराव बढेको छ ।

स्थायी कमिटी बैठकबारे अन्यौल भइरहँदा प्रचण्ड नेपाल पक्षले केन्द्रीय कमिटी बैठकका लागि हस्ताक्षर बुझाएको छ । विधान अनुसार अबको २० दिनभित्र बैठक बस्नुपर्ने हुन्छ । अब अन्तिम फैसला केन्द्रीय कमिटीमै हुनसक्ने अवस्था सृजना भएको छ । अहिले देखि नै नेताहरुले केन्द्रीय कमिटीको अंकगणितलाई ध्यान दिन थालिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याबारे बहस
माधव नेपालका भाइले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान
माधव नेपालका भाइले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान
महिला क्रिकेट : नेपाल मलेसियासँग पराजित
महिला क्रिकेट : नेपाल मलेसियासँग पराजित
यस्तो रहेछ उपकुलपति प्राडा कोइरालालाई एयरपोर्टबाट प्रहरीले उठाउनुको भित्री रहस्य
यस्तो रहेछ उपकुलपति प्राडा कोइरालालाई एयरपोर्टबाट प्रहरीले उठाउनुको भित्री रहस्य
खोटाङमा भूमिहीनलाई निस्सा वितरण
खोटाङमा भूमिहीनलाई निस्सा वितरण
काठमाडौंबाहिर पहिलोपटक डे नाइट फुटबल प्रतिष्पर्धा
काठमाडौंबाहिर पहिलोपटक डे नाइट फुटबल प्रतिष्पर्धा
विश्व टी–२० छनोटः नेपालले भूटानसँग प्रतिस्पर्धा गर्ने !
विश्व टी–२० छनोटः नेपालले भूटानसँग प्रतिस्पर्धा गर्ने !
चितवन क्षेत्र नम्बर १ मा फेरि मत गणना काय स्थगित
चितवन क्षेत्र नम्बर १ मा फेरि मत गणना काय स्थगित
बिवेकशिलको घोषणा: काठमाडौं महानगरका मेयर/उपमेयरमा दुबै महिला उम्मेदवार
बिवेकशिलको घोषणा: काठमाडौं महानगरका मेयर/उपमेयरमा दुबै महिला उम्मेदवार
नेकपाद्वारा कास्की-२ मा विद्या भट्टराईसहित तीन जनाको नाम सिफारिश
नेकपाद्वारा कास्की-२ मा विद्या भट्टराईसहित तीन जनाको नाम सिफारिश