गुन्डा नाइके मिलन गुरुङ (चक्रे मिलन) घरैबाट पक्राउ !!!
सारांश
- प्रहरीले गुन्डागर्दीमा संलग्न मिलन गुरुङ (चक्रे मिलन)लाई राजधानीबाट मंगलबार पक्राउ गरेको छ ।
- महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले गुरुङलाई मंगलबार महाराजगन्जस्थित उनको निवासबाट पक्राउ गरेको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेश अमात्यले जानकारी दिए ।
- उनले चुनावलाई प्रभावित पार्ने र हुलहुज्जत गर्नसक्ने सूचनाका आधारमा पक्राउ गरिएको पनि बताए ।
प्रहरीले गुन्डागर्दीमा संलग्न मिलन गुरुङ (चक्रे मिलन)लाई राजधानीबाट मंगलबार पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले गुरुङलाई मंगलबार महाराजगन्जस्थित उनको निवासबाट पक्राउ गरेको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेश अमात्यले जानकारी दिए ।
उनले चुनावलाई प्रभावित पार्ने र हुलहुज्जत गर्नसक्ने सूचनाका आधारमा पक्राउ गरिएको पनि बताए ।
यही वैशाख ३१ गतेका लागि तय गरिएको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै प्रहरीले धमाधम राजधानीका गुन्डागर्दीमा संलग्नलाई पक्राउ गर्दै आएको छ ।
गत आइतबार गुन्डागर्दीमा संलग्न राजीव गुरुङ (दीपक मनांगे)लाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
Source : RSS
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया