आखिर ओली र प्रचण्ड कुन ठाउँमा बसेर गोप्य वार्ता गर्दैछन् ?
सारांश
- काठमाडौं, १४ माघ ।
- एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दिउँसो १२ बजेदेखि छलफल भइरहेको स्रोतले जनाएको छ ।
- यसअघिका समयमा प्रचण्ड ओलीनिवास बालकोट पुग्ने गरेपनि आइतबार बिहान भने ओली प्रचण्ड निवास खुमलटार पुगेका भनेर समाचार आइरहेपनि उनीहरुबीच प्रचण्ड निवासमा बसेर छलफल नभएको स्रोतले जनाएको छ ।
काठमाडौं, १४ माघ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दिउँसो १२ बजेदेखि छलफल भइरहेको स्रोतले जनाएको छ ।
यसअघिका समयमा प्रचण्ड ओलीनिवास बालकोट पुग्ने गरेपनि आइतबार बिहान भने ओली प्रचण्ड निवास खुमलटार पुगेका भनेर समाचार आइरहेपनि उनीहरुबीच प्रचण्ड निवासमा बसेर छलफल नभएको स्रोतले जनाएको छ ।
पार्टी एकतापछि कुन विचार अंगाल्ने र संगठनको संरचना कस्तो हुने भन्नेबारे एमाले र माओवादीका अध्यक्षबीच छलफल चलिरहेको छ । पार्टी एकताका मुख्य विषय विचार र संगठनको बारेमा छलफल गर्न दुबै नेता काठमाडौंको गोप्य स्थानमा छलफलमा रहेको बताइएको छ ।
पार्टी एकताबारे कार्यदल बनाएर छलफल चलाइरहेका एमाले र माओवादीले मुख्य विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष द्वयलाई दिएको छ । पछिल्लो समय प्रधानमन्त्री को हुने र एकीकृत पार्टीको अध्यक्ष को हुने भन्नेबारे ओली र प्रचण्डबीको छलफल केन्द्रीत भइरहेको छ ।
पार्टी एकता प्रक्रियामा रहेका एमाले र माओवादी अध्यक्षबीच एक्काएक्लै वार्ता बाक्लिएको छ । शुक्रबार चितवनबाट फर्केपछि ओली दाहालको भेटघाट बाक्लिँदै गएको छ । तर, दुई अध्यक्षद्वय कुन ठाउँमा बसेर गोप्य छलफल गरेका छन् ?
प्रतिक्रिया