सोलुका पेट्रोल पम्पमा विद्युत् ब्याकअक नहुँदा सेवाग्राहीलाई सास्ती

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २, २०७९
|
|
२८ पटक हेरिएको
Shares
सोलुका पेट्रोल पम्पमा विद्युत् ब्याकअक नहुँदा सेवाग्राहीलाई सास्ती

सारांश

  • काठमाडौं ।
  • सोलुखुम्बुमा सञ्चालित पेट्रोल पम्पहरूमा विद्युत् ब्याकअपको व्यवस्था नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।
  • जिल्लामा हाल दुईवटा पम्प सञ्चालनमा छन् ।

काठमाडौं । सोलुखुम्बुमा सञ्चालित पेट्रोल पम्पहरूमा विद्युत् ब्याकअपको व्यवस्था नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ । जिल्लामा हाल दुईवटा पम्प सञ्चालनमा छन् । ती दुबैमा विद्युत् ब्याकअपको व्यवस्था नहुँदा सेवाग्राहीलाई असर परेको हो । 

सल्लेरीमा रहेको दूधकोसी आयल स्टोर्समा ब्याकअप नहुँदा विद्युत् अवरुद्ध हुने बित्तिकै इन्धन वितरण पनि ठप्प हुने गरेको छ भने सोलुदूधकुण्ड नगरपालिका–७ गार्मास्थित नमुना दूधकुण्ड आयल पम्पस्टोर्समा पनि यस्तै समस्या छ । जिल्लाको विद्युत् बारम्बर अवरुद्ध भइरहने र पम्पले विद्युत्कै कारण देखाउँदै लामो समय कुराउँदा अति आवश्यक काम गर्न समेत समस्या हुँदै आएको चालक रमेश कार्कीले गुनासो गरे ।

जिल्लामा सञ्चालित पम्पहरुमा ब्याकअपको समेत व्यवस्था नहुनु लजास्पद विषय भएको अर्का चालक मिङमार शेर्पाको भनाइ थियो । सोमबार केही समय विद्युत् अवरुद्ध हुँदा धेरै चालकहरु इन्धन भर्नकै लागि लामो समय पम्पमा कुर्न बाध्य थिए ।

सोही समस्या बारम्बर दोहोरिरहने गरेको अर्का चालक शम्भु विश्वकर्माले बताए । कतिपय अवस्थामा बिरामी बोकेको एम्बुलेन्सले समेत इमरजेन्सीमा इन्धन भर्न जानुपर्ने भएकाले सो अवस्थामा समस्या हुने एम्बुलेन्स चालकहरुको गुनसो थियो । हाल ती पम्पहरूले विद्युत् हुँदा मात्रै सेवा दिइरहेका छन् । उनीहरुले विद्युत् नहुँदा सेवाग्राहीलाई कुराउने वा रित्तो हात फर्काउने गरेको गनासो बढेपछी आफ्नो ध्यानार्कषण भएको र यस विषयमा थप छलफल गरेर अघि बढ्ने प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले प्रतिक्रिया दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हलिउडमा किन मच्चिदैछ यौन दुव्र्यवहारको वितण्डा ?
हलिउडमा किन मच्चिदैछ यौन दुव्र्यवहारको वितण्डा ?
सुरक्षा समितिको बैठकबाट सेना परिचालन हुने
सुरक्षा समितिको बैठकबाट सेना परिचालन हुने
यी हुन् राष्ट्रपतिका तीनजना आकांक्षी
यी हुन् राष्ट्रपतिका तीनजना आकांक्षी
अहिलेसम्म ९४ स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेसभन्दा एमाले १० बढि स्थानमा विजयी
अहिलेसम्म ९४ स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेसभन्दा एमाले १० बढि स्थानमा विजयी
वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान १०:३० भित्रै पठनपाठन सक्नुपर्ने
वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान १०:३० भित्रै पठनपाठन सक्नुपर्ने
देउवाको निरंकुशता र ओलीको अधिनायकवादविरुद्ध लड्छौं: केसी
देउवाको निरंकुशता र ओलीको अधिनायकवादविरुद्ध लड्छौं: केसी
उमेर हदबन्दी विवादले अखिल क्रान्तिकारीमा ‘भद्रगोल’
उमेर हदबन्दी विवादले अखिल क्रान्तिकारीमा ‘भद्रगोल’
पार्टी एकता संयोजन समिति बैठक सम्पन्नः गर्यो तीन महत्वपूर्ण निर्णय
पार्टी एकता संयोजन समिति बैठक सम्पन्नः गर्यो तीन महत्वपूर्ण निर्णय
माओवादीका सबै मन्त्री बिना विभागीय , कस्लाई के जिम्‍मेवारी हेर्नुहोस सूचीसहित !
माओवादीका सबै मन्त्री बिना विभागीय , कस्लाई के जिम्‍मेवारी हेर्नुहोस सूचीसहित !
यी कलाकारलाई जापानले विमानस्थलबाटै नेपाल फर्काइ दियो
यी कलाकारलाई जापानले विमानस्थलबाटै नेपाल फर्काइ दियो

तपाईंले छुटाउनुभयो कि?