आज २५५८ औ बुद्ध जयन्ती

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २७, २०७४
|
|
४११ पटक हेरिएको
Shares
आज २५५८ औ बुद्ध जयन्ती

सारांश

  • आज बुद्ध जयन्ती, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई भगवान् गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ ।
  • गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ ।
  • इसापूर्व ५६३ अर्थात आजभन्दा २५५८ वर्ष पहिले वैशाख शुक्ल पूर्णिमाका दिन हालको नेपालको लुम्बिनी भगवान् गौतम बुद्धको जन्म भएको थियो ।

आज बुद्ध जयन्ती, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई भगवान् गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ । गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ ।

इसापूर्व ५६३ अर्थात आजभन्दा २५५८ वर्ष पहिले वैशाख शुक्ल पूर्णिमाका दिन हालको नेपालको लुम्बिनी भगवान् गौतम बुद्धको जन्म भएको थियो ।
राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा रानी वन क्रीडा गर्दै गरेका अवस्थामा लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको बौद्ध ग्रन्थ ललितविस्तर सूत्रमा व्याख्या गरिएको छ।

यसै अवसरको उपलक्ष्यमा विभिन्न राजनैतिक दलका प्रमुखहरुले शुभकामना ब्यक्त गरेका छन्।

सन्देशमा राष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक संविधानको माध्यमवाट आर्थिक र सामाजिक रुपान्तरण गरी दिगो शान्ति कायम गर्ने दिशामा अग्रसर वर्तमान अवस्थामा सबै समुदायका नेपालीहरुमा राष्ट्रलाई एकता, सहिष्णुता र सद्भाव कायमगरी समृद्ध र विकसित समाज निर्माण गर्न यस महान पर्वले थप प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेकी छिन्  ।

उपराष्टपति नन्दबहादुर पुनले  शान्ति अहिंसाका प्रतिमूर्ति एवम् अग्रदूत भगवान् गौतम बुद्धले देखाउनु भएको सद्मार्गमा सबैको लागि अनुकरणीय र वर्तमान विश्वमा गौतम बुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्य वचनहरुको महत्व र सान्दर्भिकता झनै बढेर गएको बताएका छन्  । बुद्धको उपदेशलाई आत्मसाथ गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दिगो शान्तिको स्थापना हुन जानेछ भन्ने शुभकामना सन्देशमा उल्लेख छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जयन्तीका अवसरमा आज बौद्ध धर्मावलम्बीलाई शुभकामना व्यक्त गर्दै बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र भइरहेको अन्याय, अत्याचार एवम् सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाउन् भन्ने कामना गरेका छन्  ।

सभापति देउवाले सन्देशमा भन्नुभएको छ, “शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालन गरौँ, अशान्ति, हत्या र हिंसाको विरोध गरौँ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?