प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १९, २०७८
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ ।
  • आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वसको मत लिने जानकारी गराएको एक मन्त्रीले जानकारी दिए ।
  • नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता नलिएपछि प्रधानमन्त्री अ‍ोली यो निर्णयमा पुगेका हुन् ।

मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वसको मत लिने जानकारी गराएको एक मन्त्रीले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता नलिएपछि प्रधानमन्त्री अ‍ोली यो निर्णयमा पुगेका हुन् । बालुवाटारनिकट स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने बताएका थिए ।

मन्त्रिपरिषद बैठक बस्नुअघि एमालेको स्थायी कमिटीको आकस्मिक बैठक बसेको थियो । बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?