उत्तर कोरियाका नेता किमको जन्मदिन नै हरायो ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ८, २०७४
|
|
४२ पटक हेरिएको
Shares
उत्तर कोरियाका नेता किमको जन्मदिन नै हरायो ?

सारांश

  • एजेन्सी ।
  • उत्तर कोरियाका नेता किम जङ–अनको जन्मदिनबारे सन् २०१८ को उनकै देशको भित्तेपात्रोमा उल्लेख नगरिनुलाई आश्चर्यका रुपमा लिइएको छ ।
  • उनको जन्मदिन जनावरी ८ तारिख हो ।

एजेन्सी । उत्तर कोरियाका नेता किम जङ–अनको जन्मदिनबारे सन् २०१८ को उनकै देशको भित्तेपात्रोमा उल्लेख नगरिनुलाई आश्चर्यका रुपमा लिइएको छ । उनको जन्मदिन जनावरी ८ तारिख हो ।

तर टोकियो ब्रोडकास्टिङ सिस्टम (टीबीएस) मा देखाइएको सन् २०१८ को पात्रोमा उक्त दिनमा उनको जन्मदिनबारे केही नभनी सामान्य रुपमा उल्लेख गरिएको छ ।

उत्तर कोरियाका पूर्व शासकहरुको जन्मदिनलाई पनि पात्रोमा उल्लेख गरिन्छ र त्यो दिन सार्वजनिक बिदा दिएर मनाइन्छ ।

किम जङ–अनका बुबा किम जङ–इलको जन्मदिन प्रत्येक वर्ष फ्रेबअरी १६ तारिखलाई ‘शाइनिङ स्टार’ को रुपमा मनाइन्छ । त्यसैगरी किम जङ–अनका हजुरबुबा किम इल–सङको जन्मदिन एप्रिल ११ लाई सूर्यको दिनका रुपमा मनाइन्छ ।

किम जङ–अनका बुबा र हजुरबुबाको पालादेखि नै ती दिनहरुमा सार्वजनिक बिदा दिँदै आइएको छ । तर आश्चर्यजनक रुपमा किम जङ–अनको जन्मदिनका अवसरमा यो वर्ष भने त्यस्तो कुनै घोषणा गरिएको छैन् ।

हुन त किम जङ–अनको जन्मदिनलाई लिएर भ्रमको स्थिति पनि छ ।

उत्तर कोरियामा उनको जन्मदिनबारे त्यतिबेला थाहा भयो जब सन् २०१४ मा बास्केट बल खेलाडी डेनिस रोडम्यानले प्योङयाङमा एउटा प्रतियोगितापछि उनलाई शुभकामना दिँदै ‘ह्यापी बर्थडे’ गीत गाएका थिए ।

सन् २०१८ को पात्रो उत्तर कोरियाका होटल तथा पुस्तक पसलका साथै विदेशस्थित केही उत्तर कोरियाली रेष्टुराँहरुमा पनि उपलब्ध छन् ।

नयाँ पात्रोमा किम जङ–अनको जन्मदिनबारे उल्लेख नहुनु बाहेक अर्को परिवर्तन पनि देखिएको छ । पहिला पहिला उत्तर कोरियाली पात्रोहरु त्यहाँका सेना र किम जङ–अनको परिवारका सदस्यहरुका तस्वीरले भरिएका हुन्थे ।

तर यस वर्षको पात्रोमा उत्तर कोरियाली उत्पादन, त्यहाँका सुन्दर दृश्य तथा विभिन्न परिकारका खानाको तस्वीरहरु समावेश गरिएका छन् । त्यसो गरिनुलाई ‘प्रचारबाजी’ गरिने पहिलाको जस्तो पात्रोको विक्रीमा कमी आएको रुपमा अर्थ्याइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपिन जोशीको भिडियो फेला परेको दाबी, आजै सार्वजनिक हुने सम्भावना
विपिन जोशीको भिडियो फेला परेको दाबी, आजै सार्वजनिक हुने सम्भावना
मकवानपुरमा दुइजना खसी चोर पक्राउ
मकवानपुरमा दुइजना खसी चोर पक्राउ
मन्त्रीहरुको बोली अभद्र : अध्यक्ष डा. श्रेष्ठ
मन्त्रीहरुको बोली अभद्र : अध्यक्ष डा. श्रेष्ठ
चिनियाँ राष्ट्रपति नेपाल आउनुपूर्व भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन सम्भावना
चिनियाँ राष्ट्रपति नेपाल आउनुपूर्व भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन सम्भावना
सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्छः अर्थमन्त्री
सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्छः अर्थमन्त्री
वाइडबडी घोटला छायाँमा पार्न चलखेल सुरु, भ्रष्टाचार ठहरिए पूर्व प्रधानमन्त्रीहरु पनि तानिने
वाइडबडी घोटला छायाँमा पार्न चलखेल सुरु, भ्रष्टाचार ठहरिए पूर्व प्रधानमन्त्रीहरु पनि तानिने
इजरायली प्रधानमन्त्रीद्वारा आफ्नो भ्रमण छोट्याउने
इजरायली प्रधानमन्त्रीद्वारा आफ्नो भ्रमण छोट्याउने
साहित्यिक पत्रिकालाई वर्गीकरणमा छुट
साहित्यिक पत्रिकालाई वर्गीकरणमा छुट
सरकारलाई कांग्रेसको दैनिक प्रश्न
सरकारलाई कांग्रेसको दैनिक प्रश्न
एक वर्षपछि राजदूत सिफारिस, भारतमा आचार्य, मलेसियामा पाण्डे
एक वर्षपछि राजदूत सिफारिस, भारतमा आचार्य, मलेसियामा पाण्डे