ठेकेदारका कारण सरकार बदनाम हुनुपरेको छ : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १८, २०७६
|
|
२४ पटक हेरिएको
Shares
ठेकेदारका कारण सरकार बदनाम हुनुपरेको छ : प्रधानमन्त्री

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले ठेकेदारहरुले मुलुकलाई ठगिरहेको र उनीहरुकै कारण सरकार बदनाम हुनुपरेको बताएका छन् ।
  • नेकपाको संसदीय दलको बैठकमा मुलुकको विकास निर्माणका प्रमुख बाधक ठेकेदार भएको बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठेकेदारहरुले मुलुकलाई ठगिरहेको र उनीहरुकै कारण सरकार बदनाम हुनुपरेको बताएका छन् । नेकपाको संसदीय दलको बैठकमा मुलुकको विकास निर्माणका प्रमुख बाधक ठेकेदार भएको बताए ।

संसदीय दलको बैठकमा मंगलबार करिब दुई घन्टा बोलेका ओलीले सरकारले गरेका कामको चर्चा गर्दै देशभरका ठेकेदारहरुले काम लिने तर समयमै नसक्ने भएकाले सरकार बढी बदनाम भएको दाबी गरे ।

‘ठेक्का पाएपछि काम गर्ने निहुँमा मोबिलाइजेसन बापत रकम लिने तर काम भने नगर्ने प्रवृत्ति ठेकेदारहरुमा देखिएको छ। यही कारण आयोजना अधुरा छन्’ प्रधानमन्त्रीले भने । करोडौं रुपैयाँ मोबिलाइजेसन बापत अन्य प्रयोजनमा खर्च गरेर ठेकेदारले लिएर मुलुकलाई ठगी गरेको प्रधानमन्त्रीको टिप्पणी छ।

ठेकेदारका कारण सरकारले राम्रो गरे पनि बदनाम हुन पुगेको प्रधानमन्त्री ओलीको भनाइ छ । सरकारको ठूलो धनराशी पनि खर्च हुनेगरी ठेकेदारलाई त्यस्तो छुट नहुने दाबी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?