विमान दुर्घटनाका घाइतेको उपचार कुन हस्पिटल मा क-कस्को हुँदै !

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २८, २०७४
|
|
१६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, फागुन २८ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो १४ः१८ बजे भएको युएस बंगला विमान दुर्घटनामा परेका २५ यात्रुलाई केएमसी अस्पताल पुर्‍याइएको छ ।
  • उपचारका लागि लगिएकामध्ये आठ जनाको निधन भएको चिकित्सकले घोषणा गरेका छन् ।
  • अस्पतालले मृत घोषणा गरेका यात्रुमा हरिशंकर पौडेल, रकिबूल हुसेन, पृथुला रसिद र खवाज हुसेन (चालक), प्रवीण चित्रकार, सजना देवकोटा र परिचय नखुलेका अन्य दुई यात्रु छन् ।

काठमाडौं, फागुन २८ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो १४ः१८ बजे भएको युएस बंगला विमान दुर्घटनामा परेका २५ यात्रुलाई केएमसी अस्पताल पुर्‍याइएको छ ।

उपचारका लागि लगिएकामध्ये आठ जनाको निधन भएको चिकित्सकले घोषणा गरेका छन् । अस्पतालले मृत घोषणा गरेका यात्रुमा हरिशंकर पौडेल, रकिबूल हुसेन, पृथुला रसिद र खवाज हुसेन (चालक), प्रवीण चित्रकार, सजना देवकोटा र परिचय नखुलेका अन्य दुई यात्रु छन् ।

यस्तै पिंकी धामी, समिना बज्राचार्य, इमरन कबिर, कविर हुसेन, रसिद हुसेन, मेहन्दी हसन, रिजना अब्दुल्ला, डा इरजना, धीरेन्द्रसिंह पूजना, स्वरना, सहरिन अहमद र एमडी सैनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै किशोर त्रिपाठी र हरिशंकर सुवेदीलाई ग्राण्डी अस्पताल टोखामा सिफारिस गरिएको छ । घाइते दयाराम ताम्राकारलाई न्यूरो अस्पताल र केशव पाण्डेलाई मेडिसिटी अस्पताल पठाइएको छ । केएमसी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा दामोदर पोखरेलका अनुसार २५ घाइतेको उपचार भइरहेको छ । यस्तै नर्भिक अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ ।

नर्भिकमा पाँचको उपचार, दुई गम्भीर

सो अस्पतालमा वसन्त बोहरा, सनम शाक्य, आशिष रञ्जित, विनोदराज पौडेल र एक बंगलादेशीको उपचार भइरहेको छ । अस्पताल परिसरमा आफन्तजनको भीड लागेको छ । अस्पतालमा ल्याइएका घाइतेमध्ये दुईको अवस्था चिन्ताजनक छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?