यस्तो मार्मिक स्ट्याटस लेख्दै १९ वर्षीया पुजाले गरिन् आत्महत्या

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ११, २०७४
|
|
१८ पटक हेरिएको
Shares
यस्तो मार्मिक स्ट्याटस लेख्दै १९ वर्षीया पुजाले गरिन् आत्महत्या

सारांश

  • काठमाडौं, पुस ११ ।
  • ‘आकाशमा चम्किने तारा बनिदिन्छु एकदिन, अनि तिमी हेरि मात्र रहनु’ यो लाइन कञ्चनपुरकी एक युवतीले फेसबुकमा राखेको स्ट्याटस हो ।
  • उनले यो स्ट्याटससहित हिजो (सोमबार) कभरफोटो पनि राखेकी थिइन् ।

काठमाडौं, पुस ११ । ‘आकाशमा चम्किने तारा बनिदिन्छु एकदिन, अनि तिमी हेरि मात्र रहनु’ यो लाइन कञ्चनपुरकी एक युवतीले फेसबुकमा राखेको स्ट्याटस हो । उनले यो स्ट्याटससहित हिजो (सोमबार) कभरफोटो पनि राखेकी थिइन् ।

झलारी–१० घर भएकी कक्षा १२ मा पढ्दै गरेकी १९ वर्षीष पुजा धामीले यो स्ट्यास र फोटो राखेको एक दिन नबित्दै संसार छाडेकी छिन् । घरमा कोही नभएको बेला बिष सेवन गरेर उनले आत्महत्या गरेकी हुन् ।

उनले बिष सेवन गरेकी आफन्तहरुले थाहा पाएपछि उपचारको लागि धनगढी लगिएको थियो । तर, अस्पतालले धामीको अवस्था गम्भिर रहेको यहाँ उपचार हुन नसक्ने बताएपछि आफन्तहरुले कोहलपुर रिफर गरेका थिए ।

उपचारको लागि धनगढीबाट कोहलपुरस्थित मेडिकल कलेजमा पुर्याइएको थियो तर भर्ना लिन नमानेपछि धामीलाई नेपालगञ्ज लगिएको थियो । त्यहाँ पनि चिकित्सकहरुले बचाउन नसकिने भन्दै घर लैजान सल्लाह दिए ।

धामी गत निर्वाचनको लागि म्यादी प्रहरीमा भर्ना भएकी थिइन् । निर्वाचन सम्पन्न भएपछि यही पुस ७ गते विदाई गरिसकेपछि पूजा घर फर्किएकी उनका आफन्तले बताएका छन् ।

पूजाले फेसबुकमा हिजो त्यस्तो स्ट्याटस लेखेपछि अनेक टिकाटिप्पणी सुरु भएको छ । तर, प्रहरीका अनुसार अहिलेसम्म पूजाले आत्महत्या गर्नुको कारण भने खुलेको छैन् ।

उनको महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा पोस्टमार्टम गरिने भएको छ भने आजै पूजाको अन्त्येष्टी गरिने बताइएको छ ।

(https://sharonsteelerealestate.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?