तदर्थवादमै बजेट

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १३, २०७६
|
|
२८ पटक हेरिएको
Shares
तदर्थवादमै बजेट

सारांश

  • काठमाडौं १३ जेठ ।
  • ०७३/७४ को बजेटमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले काठमाडौं–तराई फास्ट ट्र्याकका लागि १० अर्ब रुपैयाँ बजेट विनियोजन गरे।
  • त्यसको एक वर्षपछि मात्रै सरकारले सेनालाई ठेक्का लगायो।

काठमाडौं १३ जेठ । ०७३/७४ को बजेटमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले काठमाडौं–तराई फास्ट ट्र्याकका लागि १० अर्ब रुपैयाँ बजेट विनियोजन गरे। त्यसको एक वर्षपछि मात्रै सरकारले सेनालाई ठेक्का लगायो। फास्ट ट्र्याकका लागि चालु वर्षको बजेटमा अर्थमन्त्री डा.युवराज खतिवडाले एक अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरे। यो वर्ष विनियोजित बजेटको एक चौथाइ मात्र खर्च हुने अनुमान छ।

काठमाडौं–तराई फास्ट ट्र्याक र निजगढ विमानस्थललाई नेपालको विकासमा रुपान्तरणकारी परियोजना मानिएको छ। निजगढ विमानस्थलका लागि ०६४/६५ देखि बजेट विनियोजन गर्न थालिएको हो। यो परियोजना निर्माण अघि बढाउन आवश्यक मुआब्जालगायत पूर्वतयारीका काम पनि अझै सकिएको छैन।

विकास आयोजना र कार्यक्रममा सरकारले कसरी बजेट विनियोजन गर्छ भन्ने सम्बन्धमा यो एउटा प्रतिनिधि उदाहरण हो। विगत वर्षमा बजेटको आकार बढाउने होडबाजी नै रह्यो। बजेटको आकार बढाउँदा चालु खर्चको आकार बेस्सरी बढेको छ भने त्यसको तुलनामा पुँजीगत खर्च सापेक्ष रूपमा बढ्न नसकेको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.स्वर्णिम वाग्ले बताउँछन्। ‘विनियोजन भएको विकास खर्च पनि पछिल्लो ६ वर्षमा औसत वार्षिक विनियोजनको ७३ प्रतिशत खर्च भएको छ’, उनले भने।

उनले पुँजी निर्माण गर्ने, भौतिक पूर्वाधार विकास गर्ने क्षेत्रमा बजेट विनियोजन नै औचित्यपूर्ण ढंगले नगर्ने, पूर्वतयारी नभएका आयोजनामा बजेट राख्ने र त्यसलाई आर्थिक वर्षको बीचमा रकमान्तर गरेर अन्यत्रै खर्च गर्ने चलन छ। राजनीतिक संक्रमणको समयमा बजेट नै समयमा नआउने, बजेट आए पनि अनुशासन कायम राख्न नसक्दा सार्वजनिक वित्तीय व्यवथापनमा समस्या देखिएको पूर्वमहालेखा नियन्त्रक सुरेश प्रधान बताउँछन्।

सार्वजनिक खर्च प्रणाली पुनरवलोकन आयोगका सदस्यसमेत रहेका प्रधानले पछिल्लो ६ वर्षको बीचमा चालु खर्च अर्थतन्त्रको १७ प्रतिशतबाट २३ प्रतिशतमा फड्को मारे पनि विकास खर्चतर्फको विनियोजन भने ५ प्रतिशतबाट ९ प्रतिशत पुगेको बताए। विकास बजेटतर्फ विनियोजित रकम खर्च नहुने समस्या यथावत् नै छ। ‘अनावश्यक साधारण खर्च घटाएर पुँजी निर्माण गर्ने क्षेत्रलाई बजेटले उद्वेलित गराउनुपर्छ। भौतिक पूर्वाधार, उत्पादन विकास, नवप्रवर्तन र अनुसन्धानमा केन्द्रित हुनुपर्छ’, उनले भने।

६ वर्षको अवधिमा बजेटको आकार अर्थतन्त्रको २२.५ प्रतिशतबाट बढेर ३६ प्रतिशत पुगेको छ। योजना आयोगका पूर्वउपाध्यक्ष डा.वाग्लेका अनुसार थोरै अवधिमा झन्डै १४ प्रतिशत बिन्दुको वृद्धि भनेको असाध्यै ठूलो विस्तार हो। ‘त्यसमा पनि साधारण खर्चमा बढोत्तरी हुँदा उपभोग बढ्ने र देशभित्र उत्पादन नहुने तथा आयातमा भर पर्नुपर्ने बाध्यता रहन्छ’, उनले भने, ‘यसलाई चिर्न ठूला पूर्वाधार निर्माण गरेर देशभित्रै लगानी र व्यवसायका लागि अवसर सिर्जना गर्नुपर्छ। उत्पादन र रोजगारी बढाउनुपर्छ।’

लामो समयदेखि सुरु गरिएका राष्ट्रिय गौरवका र अन्य ठूला परियोजना कुनै पनि सम्पन्न भएका छैनन्। रुपान्तरणकारी ठूला आयोजना सम्पन्न गर्न सरकारले पहल गर्नुपर्ने भन्दै उनले निर्माणाधीन आयोजना छिटो सम्पन्न गरी अरू ठूला आयोजना सुरु गर्नुपर्ने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘आतंकवादी परिसर’ मा इजराइली सेनाद्वारा हवाई आक्रमण
‘आतंकवादी परिसर’ मा इजराइली सेनाद्वारा हवाई आक्रमण
सेक्सका लागि युवतीको कामेच्छा यसरी जागृत गराउनुस्
सेक्सका लागि युवतीको कामेच्छा यसरी जागृत गराउनुस्
मनाेरञ्जन समाचार : कोरियन युवतीहरूको गीतले ५ दिनमै बनायो इतिहास, तोडियो गंगनम स्टाइलको रेकर्ड
मनाेरञ्जन समाचार : कोरियन युवतीहरूको गीतले ५ दिनमै बनायो इतिहास, तोडियो गंगनम स्टाइलको रेकर्ड
देशभरको तापक्रम क्रमशः घट्दो
देशभरको तापक्रम क्रमशः घट्दो
हेलिकप्टर दुर्घटनामा नौ अमेरिकी सैनिकको मृत्यु
हेलिकप्टर दुर्घटनामा नौ अमेरिकी सैनिकको मृत्यु
लागुऔषधसहित एक जना पक्राउ
लागुऔषधसहित एक जना पक्राउ
जिप दुर्घटनामा वडाध्यक्षसहित २ जनाको मृत्यु, ५ घाइते
जिप दुर्घटनामा वडाध्यक्षसहित २ जनाको मृत्यु, ५ घाइते
नेपाल लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम सम्पन्न
नेपाल लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम सम्पन्न
नेपाल वायु सेवा निगमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ दिन सक्दैन – प्रधानमन्त्री ओली
नेपाल वायु सेवा निगमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ दिन सक्दैन – प्रधानमन्त्री ओली
स्वास्थ्य सेवा विभागको नयाँ संरचना : ७५ वटा दरवन्दी घट्यो, पाँचवटा महाशाखा नै खारेज
स्वास्थ्य सेवा विभागको नयाँ संरचना : ७५ वटा दरवन्दी घट्यो, पाँचवटा महाशाखा नै खारेज

तपाईंले छुटाउनुभयो कि?