घाँसीकुवाको अस्तित्व जोखिममा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २, २०७९
|
|
३३ पटक हेरिएको
Shares
घाँसीकुवाको अस्तित्व जोखिममा

सारांश

  • भरजन्म घाँसतिर मन दिई धन कमायो।
  • नाम क्यै रहोस् पछि भनेर कुवा खनायो।
  • घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ?

भरजन्म घाँसतिर मन दिई धन कमायो।
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ?
म भानुभक्त धनी भैकन किन आजयस्तो

यो कवितांश घाँसीबाट प्रेरणा पाई आदिकवि भानुभक्त आचार्यद्वारा रचिएको हो । भानुभक्त मामाको घर मानहुँ पुगेर पैदल बाटो फर्किने क्रममा घाँसीकुवामा नै घाँसीसँग भेट भएको र सोही घाँसीबाट प्रेरणा पाई सो कविता रचना गरेका थिए भन्ने भनाइ छ ।

त्यसैले यस कुवाको संरक्षण आवश्यक रहेको स्थानीय तथा साहित्यिक क्षेत्रका व्यक्तित्वको भनाइ छ । घाँसीकुवालाई आदिकवि भानुभक्त आचार्यको प्रमुख प्रेरणास्थलको रुपमा पनि लिइएको छ । पृथ्वी राजमार्गको विस्तारले गर्दा घाँसीकुवाको अस्तित्व जोखिममा परेको छ। पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तारले घाँसीकुवामा रहेको कुवा र उद्यान मासिने जोखिम बढेको छ । सडक विस्तार गर्दा हाल घाँसीकुवामा रहेको भानु–घाँसी स्मारक पार्क पनि हटाउनुपर्ने हुँदा संरक्षणका लागि तुरुन्त चासो राख्नुपर्ने माग स्थानीयवासीको छ । सडक विस्तारले गर्दा यहाँको अस्तित्व मासिने अवस्थाका लागि पटक–पटक स्थानीयवासीले नगरपालिका र प्रदेश तथा सङ्घ सरकारसमक्ष अनुरोध गर्दै आएको छ ।

घाँसीकुवाको संरक्षणका लागि सम्बन्धित पक्षसँग छलफल गरिएको र त्यहाँको जमिन जोगाएर सडक बनाउने प्रयत्न भइरहेको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । ‘न्यून आय भएका कमजोर व्यक्तिले पनि प्रेरणा, माया र शिक्षा दिन सक्दा रहेछन् भन्ने सन्देश घाँसीकुवाले दिइरहेको छ, हाल रहेको कुवाभन्दा थोरै तल सारेर घाँसीकुवाको मूल्य मान्यतालाई स्थापित गर्नेछौंँ’, नगर प्रमुख न्यौपानेले भने। ‘विगतमा सबैलाई सहज बनाउने उद्देश्यले कुँवा केही तल सारिएको थियो, प्रेरणा स्थल संरक्षण गर्नेछौँ”, उनले भने। घाँसी स्मारक पार्क संरक्षण समितिका कर्मचारी तथा स्थानीय बासिन्दा प्रेमराज पन्थले ऐतिहासिकस्थलको जसरी पनि संरक्षण हुनुपर्ने बताए ।

‘यहाँ धेरैले फोटो खिचेका छन्, घाँसीकुवाको पानी खाएका छन्, यो ऐतिहासिक ठाउँको संरक्षणका लागि सबैको चासो हुनुपर्छ’, पन्थले भने । देशव्यापी रूपमा चिन्ने ठाउँलाई जसरी पनि बचाउनुपर्छ र इतिहास मेट्न दिन नहुने पन्थको भनाइ छ । घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाविसको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो । तर सङ्घीयता कायम भएसँगै अहिले यो गाविस व्यास नगरपालिकामा समायोजन भएको छ। सदरमुकाम दमौलीबाट पूर्वतर्फ करिब पाँच किलोमिटरको दूरीमा घाँसीकुवा पर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री दाहालले  गरे चडियाखानाको अवलोकन
प्रधानमन्त्री दाहालले गरे चडियाखानाको अवलोकन
ट्रमा सेन्टरमा घाइते घटे बिरामी , सम्भावित सङ्क्रमितको उपचारमा तत्पर
ट्रमा सेन्टरमा घाइते घटे बिरामी , सम्भावित सङ्क्रमितको उपचारमा तत्पर
पाँच महिनाभित्र अनिवार्य शिक्षा ऐन ल्याइने
पाँच महिनाभित्र अनिवार्य शिक्षा ऐन ल्याइने
मष्टा देवताको ऐतिहासिकता र बझाङ्ग जिल्ला
मष्टा देवताको ऐतिहासिकता र बझाङ्ग जिल्ला
४९ जनाको ज्यान लिने युएस बंगला कम्पनीकै अर्को विमान इरानमा दुर्घटना
४९ जनाको ज्यान लिने युएस बंगला कम्पनीकै अर्को विमान इरानमा दुर्घटना
सिंचाई मन्त्रालयका सचिव चढेको जिप त्रिशुलीमा खस्यो, तीन जना बेपत्ता
सिंचाई मन्त्रालयका सचिव चढेको जिप त्रिशुलीमा खस्यो, तीन जना बेपत्ता
डुङ्गा दुर्घटना हुँदा फिलिपिन्समा २५ को मृत्यु, ६ बेपत्ता
डुङ्गा दुर्घटना हुँदा फिलिपिन्समा २५ को मृत्यु, ६ बेपत्ता
सय वर्षको इतिहासमा पहिलो पटक बेलायती शाही परिवार अदालतमा
सय वर्षको इतिहासमा पहिलो पटक बेलायती शाही परिवार अदालतमा
पुस १८ गते शुक्रबारको राशिफल यस्तो छ
पुस १८ गते शुक्रबारको राशिफल यस्तो छ
एसपीको सरुवाः प्रधानमन्त्री ओलीको गृहजिल्लामा सानुराम, गंगा पर्साबाट सिआइबी (सुचीसहित)
एसपीको सरुवाः प्रधानमन्त्री ओलीको गृहजिल्लामा सानुराम, गंगा पर्साबाट सिआइबी (सुचीसहित)