विमान दुर्घटनापछि उद्दारमा नेपालको बंगलादेशले प्रशंसा गर्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १, २०७४
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १ चैत बंगलादेश सरकारका नागरिक उड्डयन तथा पर्यटनमन्त्री एकेएम शाहजान कमालले विमान दुर्घटनापछि नेपाल सरकारले उद्धारमा देखाएको तत्परताको प्रशंसा गरेको गृह मन्त्रालयले जनाएको छ ।
  • यूएस बंगला विमान दुर्घटना भएको भोलिपल्ट मंगलबार टोली नेपाल आएको हो ।
  • आजको कान्तिपुर दैनिकमा खबर छ ।

काठमाडौं, १ चैत बंगलादेश सरकारका नागरिक उड्डयन तथा पर्यटनमन्त्री एकेएम शाहजान कमालले विमान दुर्घटनापछि नेपाल सरकारले उद्धारमा देखाएको तत्परताको प्रशंसा गरेको गृह मन्त्रालयले जनाएको छ ।

यूएस बंगला विमान दुर्घटना भएको भोलिपल्ट मंगलबार टोली नेपाल आएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ । ६७ यात्रु र ४ चालक दलसहितको उक्त विमान दुर्घटनामा ४९ जनाको ज्यान गएको थियो । टोली काठमाडौं आएर घाइतेबारे जानकारी लिइरहेको छ । टोलीले प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा र अन्य उच्च पदस्थ अधिकारीसँग भेट गरेको छ ।

विमान दुर्घटनालगत्तै गृहमन्त्री र अन्य उच्च अधिकारी दुर्घटनास्थल पुगेर राहत तथा उद्धारलाई तीव्रता दिन निर्देशन दिँदै घटनाको छानबिनसमेत अघि बढाएको जानकारी प्रधानमन्त्री ओलीले कमाललाई गराएका थिए । दुर्घटनामा निधन भएका बंगलादेशी नागरिकको शव पहिचान तथा शव परीक्षण प्रक्रिया जारी रहेको र त्यो सकिनेबित्तिकै शव बंगलादेश पठाउने व्यवस्था मिलाइने जानकारी पनि उनले दिए । गृहमन्त्री थापाले दुर्घटनाको छानबिनका लागि समिति गठन गरिएको बंगलादेशी टोलीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?