शुक्रबारदेखि एस ५ मा ठूला बस, टेम्पो विस्थापित हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
२५ पटक हेरिएको
Shares
शुक्रबारदेखि एस ५ मा ठूला बस, टेम्पो विस्थापित हुने

सारांश

  • काठमाडौं, १८ साउन ।
  •   रुटपर्मिट नपाउँदा रोकिएको काठमाडौं दिगो सहरी यातायात आयोजनाअन्तर्गत रहेको एस ५ रुटमा आगामी शुक्रबार (साउन २५) देखि सञ्चालनमा आउने भएको छ ।
  • यातायात व्यवस्था विभागले यसै साता रुटपर्मिट लगायत प्रक्रिया मिलाइसकेपछि बस सञ्चालनमा आउने भएको समाचार आजको कारोबारमा छापिएको छ ।

काठमाडौं, १८ साउन ।  रुटपर्मिट नपाउँदा रोकिएको काठमाडौं दिगो सहरी यातायात आयोजनाअन्तर्गत रहेको एस ५ रुटमा आगामी शुक्रबार (साउन २५) देखि सञ्चालनमा आउने भएको छ ।

यातायात व्यवस्था विभागले यसै साता रुटपर्मिट लगायत प्रक्रिया मिलाइसकेपछि बस सञ्चालनमा आउने भएको समाचार आजको कारोबारमा छापिएको छ ।

एस ५ रुट अन्तर्गत नयाँ बसपार्क-रत्नपार्क-सिनामंगल रुटमा रहेको टेम्पो विस्थापित गरी ठूला सार्वजनिक यातायत सञ्चालन हुन लागेको हो ।

सरकारले ‘मास ट्रान्सपोर्ट’लाई प्राथमिकता दिने गरी काठमाडौं उपत्यकामा कायम रहेको करिब २ सय सवारी रुटलाई ६६ वटामा सीमित गर्ने योजनाअन्तर्गत पहिलोपटक एस ५ रुट कार्यान्वयन हुन लागेको हो ।

उपत्यकाम हाल करिब ३ सय संघ संस्था समिति मातहतमा १०/१२ हजार सवारी दर्ता भइ सञ्चालन हुँदै आएका छन् ।

(https://www.newslive.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?