सडक व्यवस्थित नहुँदा सास्ती
सारांश
- वैशाख २९, २०७४- पर्यटकीय बजार वसन्तपुर भएर सदरमुकाम म्याङलुङ जोड्ने २६ किलोमिटर सडक ०४२/४३ देखि बन्न थालेको थियो ।
- सदरमुकामलाई कोसी राजमार्गसँग जोड्ने उक्त सडक ३२ वर्षसम्म पनि व्यवस्थित हुन सकेको छैन ।
- सडकको केही भागमा ५ पटकभन्दा बढी कालोपत्रे भइसक्यो ।
वैशाख २९, २०७४- पर्यटकीय बजार वसन्तपुर भएर सदरमुकाम म्याङलुङ जोड्ने २६ किलोमिटर सडक ०४२/४३ देखि बन्न थालेको थियो । सदरमुकामलाई कोसी राजमार्गसँग जोड्ने उक्त सडक ३२ वर्षसम्म पनि व्यवस्थित हुन सकेको छैन ।
सडकको केही भागमा ५ पटकभन्दा बढी कालोपत्रे भइसक्यो । अधिकांश स्थानको अवस्था बिजोग छ । सडक सुधार, कालोपत्रे, ग्राभेल र भत्किएको स्थानमा टालटुलका नाममा बर्सेनि करोडौं रुपैयाँ खर्च हुने गरेको छ । तर यो सडकमा सवारी चल्न सक्दैन । सडक निर्माण, मर्मत, कालोपत्रेलगायतमा खर्च हुने गरेको बजेटमा व्यापक भ्रष्टाचार हुने गरेको जिल्लावासीको आरोप छ । लालीगुराँस नगरपालिका २ वसन्तपुरका रमेश खडका ३ दशकभन्दा बढी समय यति सडकमा गरिएको लगानी हिसाबकिताब अब युवाले खोज्नुपर्ने बताउँछन् ।
(Zolpidem)
प्रतिक्रिया