पूर्वराजा ज्ञानेन्द्र तीन दिनदेखि धुलिखेलमा के गर्दैछन् ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०७४
|
|
४३ पटक हेरिएको
Shares
पूर्वराजा ज्ञानेन्द्र तीन दिनदेखि धुलिखेलमा के गर्दैछन् ?

सारांश

  • काठमाडौं  कसैलाइ थाहै नदिइ पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार गत बुधवारदेखि धुलिखेलको रिसोर्ट बस्दै आएको छ ।
  •   बुधबार दिउँसो परिवारसहित सडकमार्ग प्रयोग गरी धुलिखेल पुगेको हो ।
  • पूर्वराजा धुलिखेलमा आएर बसेको कुनै ‌औपचारिक जानकारी नभएको सुरक्षा निकायले जनाएको छ।

काठमाडौं  कसैलाइ थाहै नदिइ पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार गत बुधवारदेखि धुलिखेलको रिसोर्ट बस्दै आएको छ ।  बुधबार दिउँसो परिवारसहित सडकमार्ग प्रयोग गरी धुलिखेल पुगेको हो ।

पूर्वराजा धुलिखेलमा आएर बसेको कुनै ‌औपचारिक जानकारी नभएको सुरक्षा निकायले जनाएको छ। पूर्व राजा राज्यले प्रदान गरेको सुरक्षाकर्मीसहित धुलिखेल पुगेका हुन्। पूर्वराजालाई यसबाहेक अन्य सुरक्षा व्यवस्था नमिलाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी सहकुल थापाले बताए। ‘औपचारिक जानकारी भएन, त्यसैले थप सुरक्षा प्रदान गरिएको छैन,’ एसएपी थापाले भने।

पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह, पूर्वयुवराज्ञी हिमानी शाह र हिमानीका छोराछोरी रिसोर्टमा रहे पनि पूर्वयुवराज पारस शाह भने छैनन्। बुधबार धुलिखेल पुगेका शाह आइतबार फर्कने कार्यक्रम रहेको पूर्वराजाका सहयोगी फणिराज पाठकले बताए। यसरी शाह परिवार धुलिखेल पुग्नुको उद्देश्य भने आफूलाई थाहा नभएको पाठकले बताए।

देशभर चुनावी माहौल रहेको र केही स्थानमा विस्फोटनका घटनासमेत भइरहेकाले प्रहरीले पूर्वराज परिवारको सुरक्षामा केही ‘सिभिल वाच’ भने गरिरहेको छ। पूर्वराजा शाहले भाइटीकाको दिन आफू जिम्मेवारी लिन तयार भएको प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुल फित्र शनिबार
इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुल फित्र शनिबार
को हुन् ३० औं आईजीपीमा नियुक्त कुँवर?
को हुन् ३० औं आईजीपीमा नियुक्त कुँवर?
मुख्यमन्त्री पोख्रेलसँग दाङको विकास, समृद्धि, अवसर र चुनौतीबारे प्रत्यक्ष मन्थन
मुख्यमन्त्री पोख्रेलसँग दाङको विकास, समृद्धि, अवसर र चुनौतीबारे प्रत्यक्ष मन्थन
Cancer of the breast Genetic Guidance
यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान
यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान
वन व्यवस्थापनका लागि टोलटोलमा सुझाव पेटिका
वन व्यवस्थापनका लागि टोलटोलमा सुझाव पेटिका
खानेपानी मन्त्री बिनाले दिइन यस्तो निर्देशन
खानेपानी मन्त्री बिनाले दिइन यस्तो निर्देशन
समुन्द्र भट्टको फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट
समुन्द्र भट्टको फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट
ओली नेपाल सम्बन्ध सुमधुरतर्फ, मंसीर पहिलो साता मन्त्रिपरिषद हेरफेर हुँदा यी बन्न सक्छने मन्त्री
ओली नेपाल सम्बन्ध सुमधुरतर्फ, मंसीर पहिलो साता मन्त्रिपरिषद हेरफेर हुँदा यी बन्न सक्छने मन्त्री
बाढी पहिरोले जनधनको ठुलो क्षति, यी स्थानमा खतरा बढ्यो (सुचीसहित)
बाढी पहिरोले जनधनको ठुलो क्षति, यी स्थानमा खतरा बढ्यो (सुचीसहित)