प्रधानमन्त्री चैतको दोस्रो हप्ता छिमेकी मित्र राष्ट्र चीनको भ्रमणमा जादैं
सारांश
- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैतको दोस्रो हप्ता छिमेकी मित्र राष्ट्र चीनको भ्रमणमा जादैं छन् ।
- प्रधानमन्त्री दाहाल आगामी चैत १० गते चीन प्रस्थान गर्ने कार्यक्रम छ ।
- चीनले आगामी चैत ११ गते आयोजना गरेको बोआओ मञ्चमा विशेष वक्ताका रुपमा भाग लिन त्यसतर्फ जान जान लागेको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैतको दोस्रो हप्ता छिमेकी मित्र राष्ट्र चीनको भ्रमणमा जादैं छन् । प्रधानमन्त्री दाहाल आगामी चैत १० गते चीन प्रस्थान गर्ने कार्यक्रम छ । चीनले आगामी चैत ११ गते आयोजना गरेको बोआओ मञ्चमा विशेष वक्ताका रुपमा भाग लिन त्यसतर्फ जान जान लागेको सचिवालयले जनाएको छ । सम्मेलनमा विश्वका राष्ट्र एवम् सरकार प्रमुखलाई निमन्त्रणा दिइएको छ ।

प्रधानमन्त्रीको भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताइएको छ । प्रधानमन्त्रीमा दोस्रो पटक निर्वाचित भएपछि प्रधानमन्त्रीकै हैसियतमा उनको यो दोस्रो चीन भ्रमण हुनेछ । प्रधानमन्त्री दाहालले गत वर्ष असोजमा ब्रिक्स सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सि चीन फिङसँग भेटवार्ता गरेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया