जमिन भासिएसँगै ३३ घर जोखिममा

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १२, २०७७
|
|
२१ पटक हेरिएको
Shares
जमिन भासिएसँगै ३३ घर जोखिममा

सारांश

  • पाल्पा, १२ साउन : तिनाउ गाउँपालिका–३, पानी मिलमा जमिन भासिन थालेसँगै ३३ घर जोखिममा परेका छन् ।
  • सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको पानी मिलबाट अर्घाखाँची सिमेन्टकोे चुनढुंगा खानी जाने सडकमा पहिरो र जमिन भासिन थालेको छ ।
  • पहिरोको कारण दुई घर विस्थापित भइसकेका छन् ।

पाल्पा, १२ साउन : तिनाउ गाउँपालिका–३, पानी मिलमा जमिन भासिन थालेसँगै ३३ घर जोखिममा परेका छन् । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको पानी मिलबाट अर्घाखाँची सिमेन्टकोे चुनढुंगा खानी जाने सडकमा पहिरो र जमिन भासिन थालेको छ । पहिरोको कारण दुई घर विस्थापित भइसकेका छन् ।

सिद्धार्थ राजमार्गको माथिल्लो भागमा पहिरो र जमिन भासिएपछि यस क्षेत्रका स्थानीयबासिन्दा रातभर सुत्न नपाएको गुनासो गरेका छन् । कतिबेला पहिरो आएर बगाउने हो भन्ने डरले राति निद्रा नै नलाग्ने स्थानीयवासी चमेली थापाले बताईन । पहिरोले सडक बगाएको छ । तीन चार ठाउँका सडक बगाएर मानिस पैदल हिँड्ने बाटोसमेत छैन ।

स्थानीयवासी मानबहादुर गाहाले घर भासिएको क्षेत्रभन्दा तल्लो भागमा अधिकांश स्थानमा जमिन भासिएको र पहिरो गएकाले आफूहरु जोखिममा रहेको बताए । चुनढुङ्गा खानीसम्म पहुँचमार्ग निर्माण मापदण्डविपरित निर्माण गरिएकोले पहिरोको जोखिममा रहेको हो । क्षमताभन्दा बढी चुनढ्ङ्गा ढुवानी र सडक निर्माण गरी जथाभावी माटो फालिएकाले जमिन भासिएको स्थानीयवासीको गुनासो छ ।

स्थानीयवासी कृष्ण पाण्डेयले सडक विस्तार गर्ने क्रममा पहिरोग्रस्त क्षेत्रबाट सडक विस्तार गरिएकोले पहिरोको जोखिम बढेको बताए । उहाँले गत वर्ष पनि पहिरो गएको र अहिले ठूलो समस्या हुने बताए । सडकको पहिरो सिस्ने खोलामा खसे सिद्धार्थ राजमार्ग, पुल र त्यस क्षेत्रमा ठूलो असर हुने पाण्डेयले बताए ।

वडाध्यक्ष प्रेम पाण्डेका अनुसार सडक दुई तर्फबाट जमिन भासिएपछि जोखिम बढेको छ । जोखिम क्षेत्रका स्थानीयवासीलाई सुरक्षितरूपमा व्यवस्थापन गर्ने काम भइरहेको वडाध्यक्ष पाण्डेयले बताए । जोखिम क्षेत्रको प्रदेशसभा सदस्य वसन्त घर्ती, गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती, गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठसहितले अवलोकन गरेका थिए ।

पहिरो ५० मिटर भन्दा बढी खसेको छ । माथिल्लो भागको सडक पहिरोले तल्लो भागको सडकसमेत बगाएको छ । पहिरोका कारण स्थानीयवासीले घाँसपातका लागि जङ्गल निस्कन समस्या हुँदै आएको गुनासो गर्दै आएका छन् । पाल्पाका अधिकांश स्थानमा पहिरोका कारण ग्रामीण क्षेत्रमा यातायातका साधन सञ्चालन हुन नसक्दा स्थानीयवासी पैदल हिँडन बाध्य भएका छन् ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?