चल्ने भयो काठमाडौंमा मोनो रेल, यस्तो छ तयारी

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १०, २०७४
|
|
३२ पटक हेरिएको
Shares
चल्ने भयो काठमाडौंमा मोनो रेल, यस्तो छ तयारी

सारांश

  • काठमाडौं – आगामी पाँच वर्षपछि चक्रपथ परिक्रमा मोनो रेलबाट गर्न पाइने दाबी गरिएको छ ।
  • लगानीबोर्डको योजनाअनुसार पाँच वर्षमा काठमाडौं मोनो रेलबाट साढे २८ किलोमिटरको चक्रपथ परिक्रम गर्न सकिनेगरी प्रक्रिया अघि बढाएको छ।
  • ‘मलेसियाली कम्पनीस“गको सहकार्यमा काठमाडौं मोनो रेल प्रालिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने भएको छ’, ट्रान्सपोर्ट इन्जिनियर आशिष गजुरेलले भने, ‘ डीपीआरका लागि लगानी बोर्डले दुईपक्षीय सम्झौता (एमओयू)को ड्राफ्ट काठमाडौं मोनोरेललाई पठाइसकेको छ ।

काठमाडौं – आगामी पाँच वर्षपछि चक्रपथ परिक्रमा मोनो रेलबाट गर्न पाइने दाबी गरिएको छ ।लगानीबोर्डको योजनाअनुसार पाँच वर्षमा काठमाडौं मोनो रेलबाट साढे २८ किलोमिटरको चक्रपथ परिक्रम गर्न सकिनेगरी प्रक्रिया अघि बढाएको छ।

‘मलेसियाली कम्पनीस“गको सहकार्यमा काठमाडौं मोनो रेल प्रालिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने भएको छ’, ट्रान्सपोर्ट इन्जिनियर आशिष गजुरेलले भने, ‘ डीपीआरका लागि लगानी बोर्डले दुईपक्षीय सम्झौता (एमओयू)को ड्राफ्ट काठमाडौं मोनोरेललाई पठाइसकेको छ ।’

काठमाडौं मोनोरेल प्रालिका डीएन थापा, तारादेवी ढकालसहितको टोलीले डीपीआर बनाउन प्रक्रिया अगाडि बढाइरहेको बोर्डले जानकारी दिएको छ । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

बोर्डका अनुसार काठमाडौं उपत्यकाभित्र हाल सञ्चालनमा रहेको कलंकीदेखि कोटेश्वर, चावहिल महाराजगञ्ज हुँदै पुनः कलंकीसम्म पुग्ने सडकमा यस्तो मोनोरेल सञ्चालन गरिने भएको हो ।

यो सडकको बीचबाट रेलको आवश्यक पूर्वाधार बनाइने र रेल कुदाइने भएकाले बोर्डले यसअघि नै सरकारलाई खानेपानीको पाइप राख्दा ध्यान दिन आग्रह गरिसकेको छ ।

चक्रपथको बीच सडकमै रेलका लागि आवश्यक पूर्वाधार बनाउनुपर्ने भएकाले उक्त रुटमा कुनै अवरोध हुने साधन नराख्न आग्रह गरिएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Savina Ko Baba Savina

    waegat kura

    Comment Author

    Puurna Bahadur Budhathoki

    अग्रिम बधाई

    Comment Author

    बिनोज आचार्य

    गरे के हुन्न असम्भब केहि छैन कुरा भन्दा काम गरौ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?