प्रधानमन्त्रीको उक्साहटमा नलाग्न राष्ट्रपतिलाई दाहालको आग्रह, महाअभियोग अफवाह !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २१, २०७७
|
|
३७ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको उक्साहटमा नलाग्न राष्ट्रपतिलाई दाहालको आग्रह, महाअभियोग अफवाह !

सारांश

  • काठमाडौं, २१ असार ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठहरु नेता झलनाथ खनाल र माधव कुमार नेपालले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका छन् ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ राष्ट्रपतिसँगको भेटपछि मन्त्रीहरु र राज्यमन्त्रीहरुलाई बालुवाटार बोलाएर आफूलाई दुवै पदबाट हटाउन र राष्ट्रपतिमाथि महाअभियोग लगाउने षड्यन्त्र भैरहेको भन्दै सहयोग गर्न आग्रह र आफूले कडा कदम चाल्नुपर्ने हुँदा कित्ता स्पष्ट पार्न निर्देशन दिएका थिए ।

काठमाडौं, २१ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठहरु नेता झलनाथ खनाल र माधव कुमार नेपालले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ राष्ट्रपतिसँगको भेटपछि मन्त्रीहरु र राज्यमन्त्रीहरुलाई बालुवाटार बोलाएर आफूलाई दुवै पदबाट हटाउन र राष्ट्रपतिमाथि महाअभियोग लगाउने षड्यन्त्र भैरहेको भन्दै सहयोग गर्न आग्रह र आफूले कडा कदम चाल्नुपर्ने हुँदा कित्ता स्पष्ट पार्न निर्देशन दिएका थिए ।

यही सेरोफेरोमा नेकपा नेताहरुले आज विहान राष्ट्रपतिलाई भेटेका हुन् । भेटमा नेताहरुले राष्ट्रपतिमाथि महाअभियोग लगाउनेबारे आफूहरुले छलफल नै नगरेको स्पष्ट पारेका थिए । दाहाल निवास खुमलटारमा कानून व्यवसायीहरुसहित नेताहरु छलफलमा बसेको सूचनाका आधारमा प्रधानमन्त्री ओलीले यस्तो आशंका गरेको हुन सक्ने दाहाल नेपाल समूहका नेताहरुको दाबी छ ।

राष्ट्रपतिसँगको भेटमा नेताहरुले दाहाल निवासमा कानूनविदहरुसहितको छलफल भएको स्विकार गरेका छन् । तर, उक्त छलफलमा महाअभियोगबारे कुनै कुरा नभएको उनीहरुको जिकिर थियो । आफूहरुले बरु प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउन सक्नेबारे छलफल गरेको नेताहरुको भनाई थियो । नेताहरुले राष्ट्रपतिलाई प्रधानमन्त्रीको उक्साहटमा नलाग्न आग्रह गरेको पनि दाहाल(नेपाल निकट एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब सडकमा देखिने छैनन ट्राफिक प्रहरीका हिरो सीताराम हाछेथु
अब सडकमा देखिने छैनन ट्राफिक प्रहरीका हिरो सीताराम हाछेथु
आलेख: साँखुवासीलाई पुरानै शैलीमा घर बनाउन हम्मेहम्मे
आलेख: साँखुवासीलाई पुरानै शैलीमा घर बनाउन हम्मेहम्मे
देउवाको सानो मन्त्रिपरिषद् , को–को बन्दैछन् मन्त्री ? (नामसहित)
देउवाको सानो मन्त्रिपरिषद् , को–को बन्दैछन् मन्त्री ? (नामसहित)
चिन्तन थिङ तामाङको  समृद्ध धनकुटा निर्माणको लागि ३४ वटा महवपूर्ण योजना सहित घोषणा पत्र सार्वजनिक…
चिन्तन थिङ तामाङको समृद्ध धनकुटा निर्माणको लागि ३४ वटा महवपूर्ण योजना सहित घोषणा पत्र सार्वजनिक…
माधव नेपालकै सक्रियतामा रामुकमारी झाक्रीमाथि अन्तरघात
माधव नेपालकै सक्रियतामा रामुकमारी झाक्रीमाथि अन्तरघात
श्रीदेवीको एउटै चाहना थियो, त्यो…
श्रीदेवीको एउटै चाहना थियो, त्यो…
राष्ट्रको आर्थिक समृद्धिमा सघाउने प्रतिबद्धता
राष्ट्रको आर्थिक समृद्धिमा सघाउने प्रतिबद्धता
भ्रष्टाचारीप्रति निर्मम हुनुपर्छ भन्ने प्रधानमन्त्रीले भुटानी शरणार्थी प्रकरणलाई प्राथमिकता देलिन्?
भ्रष्टाचारीप्रति निर्मम हुनुपर्छ भन्ने प्रधानमन्त्रीले भुटानी शरणार्थी प्रकरणलाई प्राथमिकता देलिन्?
पत्रकार राजु बस्नेत सर्वोच्चको आदेशले छुटे लगत्तै पुन: पक्राउ परे
Mostbet Online Betting And Casino In India Gəlinlik, Gəlinlik Modelleri, Gəlinlik Qiymətlər

तपाईंले छुटाउनुभयो कि?