प्रहरीसँगको दोेहोरो भिडन्तमा एकको मृत्यु, २ घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १५, २०७५
|
|
२६ पटक हेरिएको
Shares
प्रहरीसँगको दोेहोरो भिडन्तमा एकको मृत्यु, २ घाइते

सारांश

  • काठमाडौं ।
  • रौतहटमा प्रहरीसँग भएको दोहोरो भिडन्तमा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
  • राजदेवी नगरपालिकाको सीमा क्षेत्रमा हतियारसहित आपराधिक समूह नेपाल प्रवेश गरेको थियो ।

काठमाडौं । रौतहटमा प्रहरीसँग भएको दोहोरो भिडन्तमा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । राजदेवी नगरपालिकाको सीमा क्षेत्रमा हतियारसहित आपराधिक समूह नेपाल प्रवेश गरेको थियो ।

सूचनाका आधारमा त्यहाँ पुगेका सुरक्षाकर्मी माथि गोली प्रहार गरेपछि भिडन्त भएको थियो । प्रहरीले जवाफी फायरिङमा हिजो राति एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भिडन्तमा परी एकजनाको खुट्टा र पिठ्यूमा गोली लागेको थियो। २ जना भारततर्फ भागेको प्रहरीले बताएको छ । गोली लागी घाइते भएकाको उपचारका लागि जिल्ला अस्पताल गौर लाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

घटनास्थलबाट प्रहरीले अत्याधुनिक हतियार एसएमजी र गोली बरामद गरेको छ। मृतक को हो भन्ने बारे खुलेको छैन । रौतहटको राजदेवी नगरपालिकाको मुडवल्वा टोलमा बाग्मती नदी तटबन्धमा हतियाधारी समुहलाई पक्राउ गर्न केन्द्रिय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी कार्यालयबाट टोली पुगेको थियो ।

नम्बर नभएको मोटरसाइकलमा आएका समुहलाई रोक्ने प्रयास गर्दा गोली प्रहार गरे पछि दोहोरो भिडन्त भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?