एमालेसँग तत्काल पार्टी एकता गर्न नहुने पक्षमा उभिए महरा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ४, २०७४
|
|
४४ पटक हेरिएको
Shares
एमालेसँग तत्काल पार्टी एकता गर्न नहुने पक्षमा उभिए महरा

सारांश

  • पुस ३, काठमाडौं।
  • सोमबार बसेको माओवादी केन्द्रको बैठकमा नेकपा एमालेसँग पार्टी एकता गर्ने र सरकार गठन गर्नेबारे छलफल गरेको थियो ।
  •   बैठकमा केही नेताहरुले तत्काल एमालेसँग पार्टी एकता गर्न नहुने धारणा राखेको सुचना बाहिरिएको छ।

पुस ३, काठमाडौं। सोमबार बसेको माओवादी केन्द्रको बैठकमा नेकपा एमालेसँग पार्टी एकता गर्ने र सरकार गठन गर्नेबारे छलफल गरेको थियो ।

 

बैठकमा केही नेताहरुले तत्काल एमालेसँग पार्टी एकता गर्न नहुने धारणा राखेको सुचना बाहिरिएको छ। स्रोतका अनुसार प्रभावशाली नेता कृष्णबहादुर महराले हतार गरेर पार्टी एकतामा जाँदा पछि पछुताउनुपर्ने अवस्था आउन सक्ने भन्दै एकताप्रति असन्ुतष्टि राखेका थिए ।

हुन त दुवै पार्टीका शीर्ष तहका नेताहरुवीच एकताबारे छलफल भैरहेको छ । एमाले महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री तीन वटै पदमा एउटै व्यक्ति हुनुपर्ने र त्यसको नेतृत्व केपी शर्मा ओलीले नै गर्ने भनेर अभिव्यक्ति दिएपछि दुवै पार्टीका नेताहरुवीच सशंयको वातावरण बनेको हो ।

हिजोको माओवादी केन्द्रको बैठकले राष्ट्रिय सभा गठनसम्बन्धि देखिएको विवादको समाधान राजनीतिक सहमतिमा खोज्नुपर्ने निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको कार्यालयको बैठकमा यस्तो निष्कर्ष निकालिएको हो।

“राष्ट्रिय सभा गठन सम्बन्धि विवाद राजनीतिक विषय हो। यसलाई राजनीतिक सहमतिकै आधारमा समाधान गर्नुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेको छ। शीर्ष नेताहरु बसेर सहमति खोज्नुपर्ने निष्कर्ष निकालेका छौं, त्यसैअनुसार अघि बढ्छौं” बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन्।

बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै निर्वाचन आयोग, राजनीतिक दल, सुरक्षा अङ्ग, राष्ट्रसेवक कर्मचारी, नेपाल सरकार, कुटनीतिक नियोग र सम्पूर्ण मतदातामा धन्यवाद प्रकट गरेको छ।

सोमबार बसेको बैठकले बाम गठबन्धन बनाएर चुनावमा होमिदा परिणाम सकारात्मक आएको भन्दै पार्टी एकता र गठबन्धनलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ। बैठकले नयाँ सरकार गठनका लागि छलफललाई घनिभूत बनाउने निर्णय पनि गरेको छ।

“जनताले बाम गठबन्धन र पार्टी एकतालाई अनुमोदन गरिसकेका छन्। पार्टी एकता र सरकार गठन सँगसँगै अगाडि बढ्छ, अब पार्टी एकता कसैले रोकेर रोकिँदैन” प्रवक्ता भुसालले भनिन् । समानुपातिकमा माओवादी केन्द्रको कम मत आउनुमा ६०५ स्थानमा उम्मेद्वार नहुनु र समानुपातिक तर्फको व्यवस्थित प्रचार नहुनु मूख्य कारण रहेको पनि प्रवक्ता भुसालले जानकारी दिईन्।रिपोर्तेर्स नेपाल बाट

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Oli Rockey

    वा

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?