देउवा विरुद्ध यसरी खनिए कांग्रेसका नेता, चर्को आलोचना

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १०, २०७४
|
|
२९ पटक हेरिएको
Shares
देउवा विरुद्ध यसरी खनिए कांग्रेसका नेता, चर्को आलोचना

सारांश

  • चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकको पहिलो दिन शुक्रबार दुई पूर्वमहामन्त्री सभापति शेरबहादुर देउवाविरुद्ध खनिए ।
  • प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले आधा घन्टाभन्दा लामो समय लिएर देउवाको चर्को आलोचना गरे ।
  • नेतृत्वले पार्टी नीति र विधानको धज्जी उडाउँदा निर्वाचनमा पराजय निम्तिएको उनीहरूको दाबी छ ।

चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकको पहिलो दिन शुक्रबार दुई पूर्वमहामन्त्री सभापति शेरबहादुर देउवाविरुद्ध खनिए । प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले आधा घन्टाभन्दा लामो समय लिएर देउवाको चर्को आलोचना गरे । नेतृत्वले पार्टी नीति र विधानको धज्जी उडाउँदा निर्वाचनमा पराजय निम्तिएको उनीहरूको दाबी छ । आजको नयाँ पत्रिकामा खबर छ ।

देउवाले कुरे सदस्यहरूलाई एक घन्टा
बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । सभापति देउवा समयमै केन्द्रीय कार्यालय सानेपा पुग्दा केन्द्रीय सदस्यहरूलाई भने कुनै हतारो लागेको थिएन । उनीहरू तोकिएको समयभन्दा ढिला बैठकस्थलतर्फ लम्किँदै थिए । केन्द्रीय सदस्यलाई देउवाले एक घन्टा कुरे । झन्डै एक घन्टा आफ्नै कार्यकक्षमा नेता–कार्यकर्तासँग भेटघाट गरेपछि १२ बजे मात्रै उनले बैठक सुरु गरे ।

यस्तो छ प्रकाशमान सिंहको लिखित सुझाबपत्र

पूर्वमहामन्त्री सिंहले बैठकमा ‘सुझाब एवं प्रस्ताव’ भन्दै आठ पृष्ठ लामो लिखित प्रस्ताव बाँडे । ३५ मिनेट लामो धारणा राखेपछि उनले प्रस्ताव केन्द्रीय सदस्यहरूलाई बाँडे ।

केन्द्र र प्रदेशमा सरकार बनाउने गणित कतै नभएको, महाअभियोग र अविश्वासको प्रस्ताव राख्न सक्ने वैधानिक हैसियतसमेत पार्टीको नभएकोलगायतका विवरण प्रस्तुत गर्दै उनले जनताले दिएको निर्मम दण्डबारे गहिरो आत्मसमीक्षा गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

एकले अर्कोलाई हेर्दै
तीन नेता बोलेपछि भीष्मराज आङदेम्बे र नवीन्द्रराज जोशीलाई समय दिइएको थियो । तर, उनीहरू दुवै बैठकमा थिएनन् । पहिलो दिनको बैठक यत्तिकैमा सकियो ।

खासगरी संस्थापन पक्ष अर्को पक्षले पहिले बोलोस् र अर्को पक्ष संस्थापन पक्षले बोलेपछि जवाफ दिने ‘मुड’मा देखिन्छ । यसकारण पनि तीनजनाबाहेक अरु सदस्य बोल्न अग्रसर नभएको केन्द्रीय सदस्य गुरु घिमिरेले बताए । ‘तीन नेता बोलेपछि डाकिएका आङदेम्बे र जोशी देखिनुभएन । अरू नेता पनि बोल्न अग्रसर भएनन्,’ घिमिरेले भने, ‘चुनावी समीक्षा भएकोले पहिले कसरी प्रस्तुत हुने भन्नेमा दुवै पक्षले एकले अर्कोलाई हेरेको देखियो ।’

सदस्यहरूलाई बाँडे ।

केन्द्र र प्रदेशमा सरकार बनाउने गणित कतै नभएको, महाअभियोग र अविश्वासको प्रस्ताव राख्न सक्ने वैधानिक हैसियतसमेत पार्टीको नभएकोलगायतका विवरण प्रस्तुत गर्दै उनले जनताले दिएको निर्मम दण्डबारे गहिरो आत्मसमीक्षा गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनीमा एमाले र कांग्रेसले टुंगाे लगाए मन्त्रीकाे नाम
लुम्बिनीमा एमाले र कांग्रेसले टुंगाे लगाए मन्त्रीकाे नाम
यो पाली तिज मा ऋण लाग्यो नभन्न आग्रह गर्दै निर्मला  (भिडियो सहित)
यो पाली तिज मा ऋण लाग्यो नभन्न आग्रह गर्दै निर्मला (भिडियो सहित)
सुरक्षित मानिएको गाजाको रफाह शहरमा पनि भीषण बमबारी, १३५ जनाको मृत्यु
सुरक्षित मानिएको गाजाको रफाह शहरमा पनि भीषण बमबारी, १३५ जनाको मृत्यु
बहुचर्चित धुर्मुसु–सुन्तली ‘नमूना नेपाल’ परियोजनाको सुरुवात ७ नं प्रदेशबाट हुँदै
बहुचर्चित धुर्मुसु–सुन्तली ‘नमूना नेपाल’ परियोजनाको सुरुवात ७ नं प्रदेशबाट हुँदै
तपाईको आज : यस्तो छ कात्तिक ९ गतेको राशिफल
तपाईको आज : यस्तो छ कात्तिक ९ गतेको राशिफल
बेलायतको नयाँ प्रधानमन्त्रीमा लिज ट्रस
बेलायतको नयाँ प्रधानमन्त्रीमा लिज ट्रस
भक्तपुर २ ख बाट नेपाली काँग्रेस प्रदेश सभाका लागि मदनकृष्ण श्रेष्ठ सर्बसम्मत सिफारिस,
भक्तपुर २ ख बाट नेपाली काँग्रेस प्रदेश सभाका लागि मदनकृष्ण श्रेष्ठ सर्बसम्मत सिफारिस,
केपी ओलीसँग गोपाल किराती भिड्ने, रातारात यस्तो भयो भित्री सहमति
केपी ओलीसँग गोपाल किराती भिड्ने, रातारात यस्तो भयो भित्री सहमति
आफैले भाउजुको हत्या गरेर प्रहरी कार्यालय पुगेपछि
आफैले भाउजुको हत्या गरेर प्रहरी कार्यालय पुगेपछि
नारायणकाजि श्रेष्ठप्रति बाबुरामको कडा  व्यंग्य ,
नारायणकाजि श्रेष्ठप्रति बाबुरामको कडा व्यंग्य ,

तपाईंले छुटाउनुभयो कि?