किन कांग्रेसमा प्रवेश गर्दैछन् भाजपा सांसद सत्रुघन ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १५, २०७५
|
|
१५ पटक हेरिएको
Shares
किन कांग्रेसमा प्रवेश गर्दैछन् भाजपा सांसद सत्रुघन ?

सारांश

  • कलाकारीताबाट राजनीतिमा प्रवेश गर्नु भएका भारतीय जनता पार्टी (भाजपा)का नेता तथा सांसद सत्रुघन सिन्हले बिहीबार भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीसँग भेटवार्ता गर्नु भएको छ ।
  • भाजपा परित्याग गरी काँग्रेस प्रवेश गर्ने तयारी स्वरुप उहाँहरुका बीचमा भेटवार्ता भएको समाचारमा जनाइएको छ ।
  • आउदो अप्रिल ६ तारिखका दिन सिन्ह काँग्रेसमा प्रवेश गर्ने तय भएको काँग्रेस नेताहरुले जानकारी दिएका छन् ।

कलाकारीताबाट राजनीतिमा प्रवेश गर्नु भएका भारतीय जनता पार्टी (भाजपा)का नेता तथा सांसद सत्रुघन सिन्हले बिहीबार भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीसँग भेटवार्ता गर्नु भएको छ ।
भाजपा परित्याग गरी काँग्रेस प्रवेश गर्ने तयारी स्वरुप उहाँहरुका बीचमा भेटवार्ता भएको समाचारमा जनाइएको छ ।

आउदो अप्रिल ६ तारिखका दिन सिन्ह काँग्रेसमा प्रवेश गर्ने तय भएको काँग्रेस नेताहरुले जानकारी दिएका छन् ।

राजनीतिज्ञ भएर पनि कलाकारका रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचक भएकाले उहाँले मोदीको पार्टीबाट निर्वाचनका लागि टिकट नपाएपछि काँग्रेस प्रवेश गर्न लागेको बताइएको छ ।
पटनाको सहिब निर्वाचन क्षेत्रबाट टिकट दिन मोदीले अस्विकार गर्नुभएको छ । उहाँ अहिले पनि भाजपाको सांसद हुनुहुन्छ ।

“भाजपामा लोकतन्त्र छैन, तानाशाही प्रभाव छ, त्यहीभएर मैले भाजपा छोड्ने र काँग्रेसमा प्रवेश गर्ने निर्णय गरेको हुँ,” उहाँले भन्नुभयो ।

उहाँले आफु पहिले देखि नै नेरु गान्धी परिवारप्रति श्रद्धा गर्ने व्यक्ति भएकाले पनि काँग्रेस पार्टी प्रवेश गर्न मन लागेको बताउनु भयो ।

उहाँले यसअघि निर्वाचन लडेको निर्वाचन क्षेत्रमै अहिले काँग्रेस पार्टीबाट निर्वाचन लड्ने पनि जानकारी दिनुभयो ।

काँग्रेसको विहार प्रमुख शक्ति सिंह गोहिलले पार्टीको “स्टार लिडर र स्टार क्याम्पेनर”का रुपमा सिंहले काम गर्ने बताउनु भयो ।

सिंह सन् २००९ र २००१४ मा पटना साहिबबाट लोकसभामा निर्वाचित हुनु भएको थियो ।
सात चरणमा हुन लागेको भारतको लोकसभा निर्वाचन अन्तर्गत विहारमा अप्रिल ११ देखि मे १९ सम्म मतदान हुने कार्यतालिका रहेको छ ।

(mva.la)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?