शिक्षकले नपढाउँदा विद्यार्थी विद्यालय छाड्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ५, २०७६
|
|
१६ पटक हेरिएको
Shares
शिक्षकले नपढाउँदा विद्यार्थी विद्यालय छाड्दै

सारांश

  • त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली डोल्पाको महाकवि देवकोटा आधारभूत विद्यालयमा छ शिक्षकको दरबन्दी छ ।
  • तर, विद्यालय भने तीन शिक्षकले चलाउँदै आएका छन् ।
  • प्रधानाध्यापक पुष्पराज महत र सोही विद्यालयमा शिक्षिका रहेकी उहाँकी श्रीमती छोराको विवाहमा गएको लामो समय बिते पनि अहिलेसम्म विद्यालयमा फर्केका छैनन् ।

त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली डोल्पाको महाकवि देवकोटा आधारभूत विद्यालयमा छ शिक्षकको दरबन्दी छ । तर, विद्यालय भने तीन शिक्षकले चलाउँदै आएका छन् । प्रधानाध्यापक पुष्पराज महत र सोही विद्यालयमा शिक्षिका रहेकी उहाँकी श्रीमती छोराको विवाहमा गएको लामो समय बिते पनि अहिलेसम्म विद्यालयमा फर्केका छैनन् । त्यस्तै अर्का शिक्षिका चन्द्ररुपा थापाले फागुनदेखि अहिलेसम्म विद्यालयमा पाइला टेकेका छैनन् ।

थापाले अघिल्लो वर्षसमेत आठ महीना विद्यालय नआएर तलब खाएको स्थानीयवासीले बताएका छन् । प्रधानाध्यापक र उहाँकी श्रीमती छोराको विवाहमा महीना दिनअघि गएको र अहिलेसम्म विद्यालय नआएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पन्न नेवारले बताउनुभयो । शिक्षक विद्यालयमा नआउँदा दैनिक पढाइ प्रभावित हुँदै आएको छ ।

विद्यालयमा नियमित पढाइ नहुँदा र शिक्षकको लापरवाहीको सिकार हुँदा यहाँ पढ्ने विद्यार्थी नजिकै रहेको त्रिपुराकोट मावि मदुमा गएर पढ्न बाध्य भएको विद्यार्थी राम थापाले बताउनुभयो । प्रधानाध्यापक र उहाँको श्रीमतीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

विद्यालयमा नपढाउने शिक्षकलाई तलब कसरी दिइन्छ त रु राससको प्रश्नमा त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख ओमबहादुर बुढाले भन्नुभयो, “प्रक्रियावद्ध रूपमा विद्यालय र वडा कार्यालयबाट सूचना र प्रमाण पेश गरेमा तत्काल त्यस्ता शिक्षकको तलब रोकिने छ ।”

स्थानीय सरकार गठन भएसँगै स्थानीय सरकारले सबै हेर्दै आएकाले विद्यालय अनुगमनमा समस्या देखिएको शिक्षा विकास तथा समन्वय एकाइ डोल्पाका प्रमुख सिंहराज डाँगीले बताउनुभयो । यो त प्रतिनिधिमूलक घटना मात्र हो, डोल्पाका अधिकांश विद्यालयमा शिक्षकले विद्यालयमा पढाउने भन्दा पनि व्यक्तिगत काममा समय खर्चिने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावबारे संसदीय समितिको चासो
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावबारे संसदीय समितिको चासो
आजको मौसम: आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने
आजको मौसम: आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने
शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्न माग
शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्न माग
पाटन अस्पतालमा २ कोरोना संक्रमितको मृत्यु
विद्यालयमा विद्यार्थीहरूलाई महिलाहरूको नग्न तस्वीर देखाएपछि बबाल
विद्यालयमा विद्यार्थीहरूलाई महिलाहरूको नग्न तस्वीर देखाएपछि बबाल
चितवन पुगेर प्रचण्डले किन भने ढिलोचाँडो प्रधानमन्त्री भएरै छाड्छु ?
चितवन पुगेर प्रचण्डले किन भने ढिलोचाँडो प्रधानमन्त्री भएरै छाड्छु ?
मापदण्ड नपुगेका भवन भत्काउने सरकारी तयारी, ८० प्रतिशत भवन मापदण्डविपरीत रहेको अनुमान….
मापदण्ड नपुगेका भवन भत्काउने सरकारी तयारी, ८० प्रतिशत भवन मापदण्डविपरीत रहेको अनुमान….
१५ दिनभित्र कलंकी-चक्रपथभित्रका घर टहरा आफै नहटाए डोजरले भत्काउने
१५ दिनभित्र कलंकी-चक्रपथभित्रका घर टहरा आफै नहटाए डोजरले भत्काउने
नेपाली कांग्रेस: ‘देउवा आरजुको कब्जामा रहेको नेताहरुको आरोप’
नेपाली कांग्रेस: ‘देउवा आरजुको कब्जामा रहेको नेताहरुको आरोप’
निर्वाचनले गर्दा दैनिक रु पाँच करोडको फूल कारोवार
निर्वाचनले गर्दा दैनिक रु पाँच करोडको फूल कारोवार

तपाईंले छुटाउनुभयो कि?