देउवा विरुद्ध यसरी खनिए कांग्रेसका नेता, चर्को आलोचना
सारांश
- चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकको पहिलो दिन शुक्रबार दुई पूर्वमहामन्त्री सभापति शेरबहादुर देउवाविरुद्ध खनिए ।
- प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले आधा घन्टाभन्दा लामो समय लिएर देउवाको चर्को आलोचना गरे ।
- नेतृत्वले पार्टी नीति र विधानको धज्जी उडाउँदा निर्वाचनमा पराजय निम्तिएको उनीहरूको दाबी छ ।
चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकको पहिलो दिन शुक्रबार दुई पूर्वमहामन्त्री सभापति शेरबहादुर देउवाविरुद्ध खनिए । प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले आधा घन्टाभन्दा लामो समय लिएर देउवाको चर्को आलोचना गरे । नेतृत्वले पार्टी नीति र विधानको धज्जी उडाउँदा निर्वाचनमा पराजय निम्तिएको उनीहरूको दाबी छ । आजको नयाँ पत्रिकामा खबर छ ।
देउवाले कुरे सदस्यहरूलाई एक घन्टा
बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । सभापति देउवा समयमै केन्द्रीय कार्यालय सानेपा पुग्दा केन्द्रीय सदस्यहरूलाई भने कुनै हतारो लागेको थिएन । उनीहरू तोकिएको समयभन्दा ढिला बैठकस्थलतर्फ लम्किँदै थिए । केन्द्रीय सदस्यलाई देउवाले एक घन्टा कुरे । झन्डै एक घन्टा आफ्नै कार्यकक्षमा नेता–कार्यकर्तासँग भेटघाट गरेपछि १२ बजे मात्रै उनले बैठक सुरु गरे ।
यस्तो छ प्रकाशमान सिंहको लिखित सुझाबपत्र
पूर्वमहामन्त्री सिंहले बैठकमा ‘सुझाब एवं प्रस्ताव’ भन्दै आठ पृष्ठ लामो लिखित प्रस्ताव बाँडे । ३५ मिनेट लामो धारणा राखेपछि उनले प्रस्ताव केन्द्रीय सदस्यहरूलाई बाँडे ।
केन्द्र र प्रदेशमा सरकार बनाउने गणित कतै नभएको, महाअभियोग र अविश्वासको प्रस्ताव राख्न सक्ने वैधानिक हैसियतसमेत पार्टीको नभएकोलगायतका विवरण प्रस्तुत गर्दै उनले जनताले दिएको निर्मम दण्डबारे गहिरो आत्मसमीक्षा गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
एकले अर्कोलाई हेर्दै
तीन नेता बोलेपछि भीष्मराज आङदेम्बे र नवीन्द्रराज जोशीलाई समय दिइएको थियो । तर, उनीहरू दुवै बैठकमा थिएनन् । पहिलो दिनको बैठक यत्तिकैमा सकियो ।
खासगरी संस्थापन पक्ष अर्को पक्षले पहिले बोलोस् र अर्को पक्ष संस्थापन पक्षले बोलेपछि जवाफ दिने ‘मुड’मा देखिन्छ । यसकारण पनि तीनजनाबाहेक अरु सदस्य बोल्न अग्रसर नभएको केन्द्रीय सदस्य गुरु घिमिरेले बताए । ‘तीन नेता बोलेपछि डाकिएका आङदेम्बे र जोशी देखिनुभएन । अरू नेता पनि बोल्न अग्रसर भएनन्,’ घिमिरेले भने, ‘चुनावी समीक्षा भएकोले पहिले कसरी प्रस्तुत हुने भन्नेमा दुवै पक्षले एकले अर्कोलाई हेरेको देखियो ।’
सदस्यहरूलाई बाँडे ।
केन्द्र र प्रदेशमा सरकार बनाउने गणित कतै नभएको, महाअभियोग र अविश्वासको प्रस्ताव राख्न सक्ने वैधानिक हैसियतसमेत पार्टीको नभएकोलगायतका विवरण प्रस्तुत गर्दै उनले जनताले दिएको निर्मम दण्डबारे गहिरो आत्मसमीक्षा गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
प्रतिक्रिया