मेयर उपमेयर चढ्ने गाडी आयो, दमकल आएन

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
३७ पटक हेरिएको
Shares
मेयर उपमेयर चढ्ने गाडी आयो, दमकल आएन

सारांश

  • बुटवल – फागुन अन्तिम साता कपिलवस्तुको विजयनगरका छोटकी यादवको घरमा आगो लाग्यो ।
  • आगो निभाउन गाउँमा हारगुहार गरे ।
  • स्थनीय र प्रहरीले आगो निभान त सके तर उनका तीन बर्षीया छोरी राजकुमारी यादव आगोमै जलिन् ।

बुटवल – फागुन अन्तिम साता कपिलवस्तुको विजयनगरका छोटकी यादवको घरमा आगो लाग्यो । आगो निभाउन गाउँमा हारगुहार गरे । स्थनीय र प्रहरीले आगो निभान त सके तर उनका तीन बर्षीया छोरी राजकुमारी यादव आगोमै जलिन् ।

आगो निभिसकेपछि मात्रै दमकल घटनास्थल आयो । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ । आगलागीका यस्ता छटना धेरै भएका छन् । आगलागीका घटनामा दमकलको पहुँच नभएकै कारण केरै क्षति पुगेको छ ।

तिलोत्तमा, देवदह र सैनामैना नगरपालिकामा दमकल किन्ने चर्चा मात्रै भयो । मेयर र उममेयरले चढ्ने गाडी तत्कालै आए तर दमकल अझै आएका छैनन् ।

तिलोत्तमा नगरपालिकाले सिद्धार्थनगर र बुटवलसँग संयुक्त रुपमा दमकल सञ्चालन गर्ने भन्दै अहिलेसम्म खरि गरेका छैनन् ।

फागुन महिनामा मात्रै रुपन्देहीका १६ आगलागीमा साढे दुई करोडको धनमाल क्षति भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?