लालबाबु पण्डित मदनकृष्ण श्रेष्ठको घरमा!

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २६, २०७४
|
|
२७ पटक हेरिएको
Shares
लालबाबु पण्डित मदनकृष्ण श्रेष्ठको घरमा!

सारांश

  • काठमाडौं, २६ चैत ।
  • वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ यतिखेर पत्नी शोकमा छन् ।
  • श्रेष्ठ धर्मपत्नी यशोदा सुवेदीको आठ दिनअघि निधन भएको थियो ।

काठमाडौं, २६ चैत । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ यतिखेर पत्नी शोकमा छन् । श्रेष्ठ धर्मपत्नी यशोदा सुवेदीको आठ दिनअघि निधन भएको थियो । अहिले कलाकार श्रेष्ठलाई समवेदना दिन विभिन्न क्षेत्रका व्यक्तित्व, शुभचिन्तक, आफन्त उनको निवास पुग्ने क्रम जारी छ ।

यसैक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित सोमबार बिहान कलाकार श्रेष्ठ निवास सुनाकोठी पुगेर समवेदना दिएका छन् । मन्त्री पण्डितले शोकमा परेका श्रेष्ठ परिवारसँग केही समय कुराकानी गरेका थिए । मन्त्री पण्डित श्रीमतीसहित कलाकार श्रेष्ठलाई भेट्न पुगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?