६४ मिटर टाढाबाट रुनीले सानदार गोल गरे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १३, २०७६
|
|
२१ पटक हेरिएको
Shares
६४ मिटर टाढाबाट रुनीले सानदार गोल गरे

सारांश

  • वेनी रुनीले ६४ मिटर टाढाबाट गोल गरेर अझै उत्कृष्ट लयमा रहेको प्रमाणित गरेका छन् ।
  • अमेरिकाको फुटबल लिगमा बुधबार राति डिसी युनाइटेडका खेलाडी रुनीले ओरलान्डो सिटिमाथि खेलको १० औं मिनेटमा उक्त गोल गरेका हुन् ।
  • निकै टाढाबाट गरेको प्रहार रोक्न गोलपोष्टभन्दा अगाडि बढेका गोलरक्षकले कुनै मौका पाएनन् ।

वेनी रुनीले ६४ मिटर टाढाबाट गोल गरेर अझै उत्कृष्ट लयमा रहेको प्रमाणित गरेका छन् । अमेरिकाको फुटबल लिगमा बुधबार राति डिसी युनाइटेडका खेलाडी रुनीले ओरलान्डो सिटिमाथि खेलको १० औं मिनेटमा उक्त गोल गरेका हुन् ।निकै टाढाबाट गरेको प्रहार रोक्न गोलपोष्टभन्दा अगाडि बढेका गोलरक्षकले कुनै मौका पाएनन् । आफ्नो क्षेत्रबाट रुनीले लामो प्रहार गरेका थिए ।
रुनीकै गोल निर्णायक भएपछि उनको सर्वत्र प्रशंशा भएको छ । उक्त गोल ट्वीटरमा पोष्ट गरिएको छ । जसलाई ५० लाखभन्दा बढीले हेरिसकेका छन् ।३३ वर्षीय रुनी इंग्ल्याण्डका पूर्व अन्तर्राष्ट्रिय खेलाडी हुन् । उनी म्यानचेष्टर युनाइटेडमा लामो समय रहेका थिए । इभरटन र वेष्ट ह्याम हुँदै पछिल्लो समय अमेरिकाको लिगमा प्रवेश गरेका थिए ।

ट्राईब्रेकरमा पाराग्वेलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाईनलमा

एजेन्सी । ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान भएको खेलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै ब्राजिल अन्तिम ४ मा प्रवेश गरेको हो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टीमा गरिएको थियो । जसमा ब्राजिल भाग्यमानी ठहरियो ।खेलको अधिकाश समय बल नियन्त्रणमा राखेपनि ब्राजिलले निर्धा्रित समयमा गोल गर्न भने सकेन । ब्राजिलले अब सेमिफाइनलमा भेनेजुयला र अर्जे्न्टिनाबीचको विजेतासग प्रतिस्पर्धा गर्नेछ ।

 

(https://hippainhelp.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?