परराष्ट्रमन्त्री ज्ञवाली बङ्गलादेश प्रस्थान

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ५, २०७६
|
|
४७ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री ज्ञवाली बङ्गलादेश प्रस्थान

सारांश

  • काठमाडौँ, ५ फागुन : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनको निमन्त्रणमा उक्त देशको तीनदिने औपचारिक भ्रमणमा आज बिहान ढाकातर्फ प्रस्थान गरेका छन् ।
  • मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी र उक्त मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव प्रवीण अर्याल छन् ।
  • मन्त्री ज्ञवाली नेतृत्वमा ढाकामा दुई देशबीच मङ्गलबार प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।

काठमाडौँ, ५ फागुन : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनको निमन्त्रणमा उक्त देशको तीनदिने औपचारिक भ्रमणमा आज बिहान ढाकातर्फ प्रस्थान गरेका छन् ।

मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी र उक्त मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव प्रवीण अर्याल छन् ।

मन्त्री ज्ञवाली नेतृत्वमा ढाकामा दुई देशबीच मङ्गलबार प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । दुवै देशका परराष्ट्रमन्त्रीले आपसी सम्बन्धका साथै साझा चासोका ऊर्जा, व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पर्यटन, क्षेत्रीय तथा बहुपक्षीय सहयोग प्रवद्र्धनमा केन्द्रित रहेर विचार आदानप्रदान गर्नुहुने कार्यक्रम रहेको मन्त्री ज्ञवालीले राससलाई बताए ।

“भूगोलका हिसाबले हामी धेरै नजीक छौँ । आर्थिक साझेदारी जल, सडक, रेल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तार, ऊर्जा, पर्यटन, लगानी प्रवद्र्धनलगायत पारस्परिक हित र चासोका विषयमा बङ्गलादेशी समकक्षीसँग वार्ता हुनेछ”, उनले भने ।

दुई देशबीचको सम्बन्धलाई आर्थिक समृद्धिका लागि रुपान्तरणको प्रयास गरिने बताउँदै मन्त्री ज्ञवालीले क्षेत्रीय, अन्तर्रा्ष्ट्रिय र बहुपक्षीय मञ्चहरुमा दुवै देशबीच साझेदारी बढाउने र अन्य साझा चासोका मामिलामा सक्रिय रुपमा सहकार्य गर्ने प्रयास आफूबाट हुने बताए ।

बङ्गलादेश अन्तर्रा्ष्ट्रिय रणनीतिक अध्ययन प्रतिष्ठानले आयोजना गर्ने ‘नेपाल–बङ्गलादेश सम्बन्ध र दक्षिण एसियाली सहयोग’ विषयमा उनले प्रवचन दिनेछन् । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल बुधबार स्वदेश फर्कनेछ ।

त्रिभुवन विमानस्थलमा मन्त्री ज्ञवालीलाई परराष्ट्र मन्त्रालयका निमित्त सचिव भरतराज पौड्याल, शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारी र यहाँस्थित बङ्गलादेशी राजदूतावासका वरिष्ठ अधिकारीले बिदाइ गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित
प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
मत पत्रमा दलीय रोलक्रमः ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो
मत पत्रमा दलीय रोलक्रमः ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो
खुसीको खबर’ कोरोना संक्रमितभन्दा डिस्चार्ज हुने बढी
खुसीको खबर’ कोरोना संक्रमितभन्दा डिस्चार्ज हुने बढी
१ नम्बर प्रदेशको मुख्यमन्त्रीमा तेश्रो विकल्प राजेन्द्र राई
१ नम्बर प्रदेशको मुख्यमन्त्रीमा तेश्रो विकल्प राजेन्द्र राई
संघीयता कार्यान्वयनका लागि समृद्धि आवश्यकः अध्यक्ष यादव
संघीयता कार्यान्वयनका लागि समृद्धि आवश्यकः अध्यक्ष यादव
गस्तीमा रहेका प्रहरीमाथि खुकुरी आक्रमण
गस्तीमा रहेका प्रहरीमाथि खुकुरी आक्रमण
धनुषामा चाइनिज पेस्तोल सहित दुईजना पक्राउ
धनुषामा चाइनिज पेस्तोल सहित दुईजना पक्राउ
ट्रम्प र किमलाई वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने थाइल्याण्डको इच्छा
ट्रम्प र किमलाई वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने थाइल्याण्डको इच्छा
बारम्बार नछुनुहोस् शरीरका यी अगंहरु, बिरामी परिन्छ !
बारम्बार नछुनुहोस् शरीरका यी अगंहरु, बिरामी परिन्छ !