महानगरपालिका प्रमुखका उम्मेदवारबाट मतदान
सारांश
- पोखरा, ३१ वैशाख ।
- पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख पदका उम्मेदवारले मतदान गर्नुभएको छ ।
- नेपाली काँग्रेसबाट प्रमुखमा उम्मेदवार बनेका रामजी कुँवरले महानगरपालिका–६ पार्दीको अन्नपूर्ण आधारभूत विद्यालयको मतदान केन्दबाट मतदान गर्नुभयो ।
पोखरा, ३१ वैशाख । पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख पदका उम्मेदवारले मतदान गर्नुभएको छ ।
नेपाली काँग्रेसबाट प्रमुखमा उम्मेदवार बनेका रामजी कुँवरले महानगरपालिका–६ पार्दीको अन्नपूर्ण आधारभूत विद्यालयको मतदान केन्दबाट मतदान गर्नुभयो । नेकपा(एमाले)बाट उम्मेदवार मानबहादुर जिसीले महानगरपालिका–२८ जनज्योति माविको ‘ख’ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
त्यस्तै राप्रपाबाट उम्मेदवार गीता गुरुङले महानगरपालिका–१३ को मतदान केन्द्र र सङ्घीय समाजवादी फोरम नेपालबाट उम्मेदवार हुम गुरुङले महानगरपालिका– २६ को लक्ष्मी मावि मतदान केन्द्रबाट मतदान गर्नुभयो । नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवम् पूर्व सभामुख तारानाथ रानाभाटले महानगरपालिका– २६ को भवानी कालिका माविको मतदान केन्द्र र व्यवस्थापिका संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले महानगर– ३३ शान्ति उदय माविको ‘ख’ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
कास्कीमा ५० प्रतिशत मतदान
कास्कीका एक पोखरा–लेखनाथ महानगरपालिका तथा रुपा, मादी, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकामा अपराह्न १२ः१५ सम्ममा ५० प्रतिशत मतदान सकिएको छ ।
बिहान ७ बजेदेखि नै मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत खुमप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
मतदान सकिएपछि महानगरपालिकाका ३३ वटै वडाका मतपेटिका नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा ल्याएर राखिने र त्यहीँ मतगणना गरिने भण्डारीले बताउनुभयो ।
गाउँपालिकाका मतपेटिका भने सम्बन्धित गाउँपालिकाका कार्यालयमा लगेर मतगणना गरिने छ । तेइस राजनीतिक दल र स्वतन्त्र गरी एक हजार पाँच सय २४ उम्मेदवारले ती सय ७० पदका लागि प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिक्रिया