बी.ए.को सर्टिफिकेट राखेर ४ लाख ऋण

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २७, २०७५
|
|
२७ पटक हेरिएको
Shares
बी.ए.को सर्टिफिकेट राखेर ४ लाख ऋण

सारांश

  • पाल्पा, २७ असार – सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिन थालेका छन् ।
  • बीएको सर्टिफिकेट राखेर एक युवालाई गाउँपालिकाले ४ लाख रुपियाँ ऋण दिएको छ ।
  • युवा लक्षित युवा स्वरोजगार (कृषि विकास, पशु सेवा) कार्यक्रम सञ्चालनका लागि चालू वर्षमा विनियोजित रकम ७ लाखबाट ऋण उपलब्ध दिइएको हो ।

पाल्पा, २७ असार – सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिन थालेका छन् । बीएको सर्टिफिकेट राखेर एक युवालाई गाउँपालिकाले ४ लाख रुपियाँ ऋण दिएको छ ।

युवा लक्षित युवा स्वरोजगार (कृषि विकास, पशु सेवा) कार्यक्रम सञ्चालनका लागि चालू वर्षमा विनियोजित रकम ७ लाखबाट ऋण उपलब्ध दिइएको हो । युवा समूहका अगुवा प्रेमबहादुर बगालेको समाजशास्त्र स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र धितो राखेर समूहका सदस्यलाई ४ लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

पाल्पाको बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने काम थालेको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी प्रस्ताव मागेर कृषि तथा पशुपालनका लागि ऋण दिन शुरु गरेको हो ।

बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले शैक्षिक बेरोजगारी हटाउन युवालाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गरिएको बताएका छन् । उनका अनुसार गाउँमा पनि धेरै युवा शैक्षिक बेरोजगार छन्, केही विदेशमा श्रम गरिरहेका छन्, अब गाउँमै स्वरोजगारीतामार्फत रोजगारी सञ्चालन गरुन् भनेर ऋण दिन लागिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६५ अर्ब ४० करोड एनसेल कर प्रकरणमा मन्त्री भन्छन्– एनसेललाई छाड्दिन
६५ अर्ब ४० करोड एनसेल कर प्रकरणमा मन्त्री भन्छन्– एनसेललाई छाड्दिन
कुन सरकारमा जाने?:अनिल झा
कुन सरकारमा जाने?:अनिल झा
नेपाल विद्यार्थी संघमा विवाद, महर समुह बिरूद्ध काफ्ले समूहले बाेलायाे बृहत केन्द्रीय समितिको बैठक
नेपाल विद्यार्थी संघमा विवाद, महर समुह बिरूद्ध काफ्ले समूहले बाेलायाे बृहत केन्द्रीय समितिको बैठक
कोरोना भाइरस संक्रमित कस्तो व्यक्तिको मृत्यु हुनसक्छ
कोरोना भाइरस संक्रमित कस्तो व्यक्तिको मृत्यु हुनसक्छ
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको माओवादी मन्त्री हटाउन दबाब
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको माओवादी मन्त्री हटाउन दबाब
भेटीबाटै वर्षमा १३ करोड आम्दानी
भेटीबाटै वर्षमा १३ करोड आम्दानी
प्रदेश २ का प्रदेशप्रमुख र आदित्यनाथबीच भेटवार्ता
प्रदेश २ का प्रदेशप्रमुख र आदित्यनाथबीच भेटवार्ता
विरगन्जका मेयर परिवारका दुई जनासहित चार कर्मचारीमा कोरोना पुष्टि
विरगन्जका मेयर परिवारका दुई जनासहित चार कर्मचारीमा कोरोना पुष्टि
पहिलोपटक प्रहरी कारबाहीमा मारिए विप्लवका कार्यकर्ता घिमिरे
पहिलोपटक प्रहरी कारबाहीमा मारिए विप्लवका कार्यकर्ता घिमिरे
विराटनगरमा अन्तराष्ट्रिय नाटक महोत्सव हुने
विराटनगरमा अन्तराष्ट्रिय नाटक महोत्सव हुने

तपाईंले छुटाउनुभयो कि?