मन्त्रीहरू सुनका पारखी: हेर्नुस्,कोसँग कति तोला सुन छ?
सारांश
- काठमाडाै, ९ जेठ ।
- नेपाल सकार प्रधानमन्त्री तथा मन्त्री परिषदकाे कार्यालयले मन्त्रीहरूकाे सम्पति विवरणा सार्वजनिक गरेकाे छ ।
- कार्यालयले सार्वजनिक गरेकाे प्रतिबेदनमा नेपाल सरकारका मन्त्रीहरु सुनका पारखी देखिएका छन्।
काठमाडाै, ९ जेठ । नेपाल सकार प्रधानमन्त्री तथा मन्त्री परिषदकाे कार्यालयले मन्त्रीहरूकाे सम्पति विवरणा सार्वजनिक गरेकाे छ ।
कार्यालयले सार्वजनिक गरेकाे प्रतिबेदनमा नेपाल सरकारका मन्त्रीहरु सुनका पारखी देखिएका छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पति विवरणसँगै सुनको विवरण पनि सार्वजनिक भएको हो। नेपाली परम्पराअनुसार सुन दैनिक एवं सांस्कृतिक पर्व उत्सवमा गहनाको रूपमा प्रयोग हुन्छ। कतिपयले भने पहेँलो धातुलाइ लगानीको रूपमा हेर्नेगर्छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीसँग ६० तोला सुन छ। खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मासँग ५० तोला रहेको छ। यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठसँग ५२ तोला सुनका मालिक हुन्।
त्यस्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग ६ तोला सुन रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग १८ तोला सुन छ भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आफ्नो सम्पत्ति श्रीमती प्रमिलादेवी यादवसँग १६ तोला सुन रहेको उल्लेख गरेका छन्।
पहिलो पटक मन्त्री भएका अर्थमन्त्री डा युवराज खतिवडासँग १० तोला सुन छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग ७ तोला रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ।
ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनसँग पनि १५ तोला सुन छ। त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित १० तोला सुन छ। रक्षामन्त्री ईश्वर पोखरेल ९ तोला सुन रहेको सम्पति विवरणमा उल्लेख छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङसँग ३० तोला, खानेपानी मन्त्री बिना मगर ५ तोला र युवा तथा बालबालिका तथा ज्येष्ठ नागरिक थममाया थापासँग १ तोला सुन छ।
वृजमान बस्नेत
जो सँग जति भएपनि किनेर राखेको हैन के! सेटिङ मिलाए बापत को !!!!???????
Gopal Sharma
बेङक लुटे काेसुन त हाे नि
Indu Timilshina
किनेको भए पो यतिउती तोला सुन छ भन्नू सबै गोरे सङ सेटिङ मिलाएर ल्याएको सुन हो तस्करि को सुन