वामदेवविरूद्धको मुद्दाको आज सुनुवाई हुँदै
सारांश
- काठमाडौं, २६ कार्तिक ।
- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको विरुद्धको परेको मुद्दाको आज सुनुवाई हुने भएको छ।
- गौतमको योग्यतासम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको पेशी आजका लागि तोकिएको हो।
काठमाडौं, २६ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको विरुद्धको परेको मुद्दाको आज सुनुवाई हुने भएको छ। गौतमको योग्यतासम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको पेशी आजका लागि तोकिएको हो। वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले १२ असोजमा गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गरेर रिट दायर गरेका थिए। मुद्दाको असोज १४ गतेबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको थियो। गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनित गरेकी थिइन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया