‘कुरै नबुझी जंगिए मन्त्री’ ! ‘थाङ्ने’ कर्मचारीसँग छलफल गर्नु पर्दैन : मन्त्री पण्डित
सारांश
- काठमाडौं,१२ चैत ,सोमबार बिहान सवा १० बजे सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वेच्छिक अवकास एकाइका कर्मचारी हतारमा थिए।
- स्वेच्छिक अवकास रोजेका कर्मचारीको फाइल रुजु गर्न उनीहरूलाई भ्याइनभ्याई थियो।
- भूइँभरि देशभरिका नौ हजार छ सय ५६ जना कर्मचारीले दिएका निवेदन असरल्ल थिए।
काठमाडौं,१२ चैत ,सोमबार बिहान सवा १० बजे सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वेच्छिक अवकास एकाइका कर्मचारी हतारमा थिए। स्वेच्छिक अवकास रोजेका कर्मचारीको फाइल रुजु गर्न उनीहरूलाई भ्याइनभ्याई थियो। भूइँभरि देशभरिका नौ हजार छ सय ५६ जना कर्मचारीले दिएका निवेदन असरल्ल थिए। मंगलबार मन्त्रालयको वेबसाइटमा स्वेच्छिक अवकासमा जाने कर्मचारीको नामावली सार्वजानिक गर्ने तयारी कर्मचारी जुटेका थिए।
ऐनअनुसार वेबसाइटमा अन्तिम नामावली प्रकाशन भएपछि स्वेच्छिक अवकाश लिने प्रक्रिया सुरू हुनेछ। जुनसुकै बेला स्वेच्छिक अवकास चाहेका कर्मचारीको नाम वेबसाइटबाट सार्वजनिक गर्नुपर्ने भएकोले तयारी अवस्थामा रहन निर्देशन आएको एकाइका कर्मचारीले बताए। ‘निवेदन आएका सबै कर्मचारीको अद्यावधिक भयो। मन्त्रालयबाट निर्देशन आएपछि नामावली प्रकाशन हुन्छ’ उपसचिव धर्मराज रोकायले भने। मन्त्रालयले अवकाशमा जाने कर्मचारीको अन्तिम सूची तयार पारिरहँदा मन्त्री लालबाबु पण्डित भने कर्मचारीले स्वेच्छिक अवकाश नपाउने बताइरहेका छन्।
स्वास्थ्य तथा वातावरण मन्त्रालयबाट पण्डितले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी सम्हालेको १० दिन भयो। हरेक दिन मन्त्री पण्डित कर्मचारीलाई स्वेच्छिक अवकाश नदिने अडान दोहोर्याइरहेका छन्। तर उनले यो विषयमा मन्त्रालयमा भने एक पटक पनि छलफल नगरेको कर्मचारीले बताएका छन्। काम गर्न नचाहने कर्मचारीलाई एकमुष्ट रकम दिई स्वेच्छिक अवकास रोज्न दिने वा नियमित प्रक्रियाअनुसार अवकास दिने भन्नेबारे मन्त्रीले एक पटक पनि मन्त्रालयमा छलफल नगरेपछि योबारे अन्यौलता बढेको मन्त्रालयका एक उच्च कर्मचारीले गुनासो गरे।
‘स्वेच्छिक अवकासको विषयलाई कसरी सुल्झाउने भन्नेतर्फ मन्त्रीज्यू लाग्नुभएको छैन। एक पटक पनि मन्त्रालयमा योबारे छलफल भएको छैन’, ती कर्मचारीले सेतोपाटीसँग भने, ‘स्वेच्छिक अवकास रोजेका कर्मचारीको नाम सार्वजानिक गर्ने दिन आइसक्दा पनि मन्त्रीज्यू छलफल नगरी भाषण र मिडियामा चर्चा बटुल्ने काममा लाग्नुभएको छ, यसको कुनै अर्थ हुन्न।’ स्वेच्छिक अवकाशसम्बन्धी ऐन ल्याउँदा प्रतीपक्षमा रहेको एमालेको पनि समर्थन थियो। अहिले सोही ऐनबमोजिम भइरहेको प्रक्रियाप्रति एमाले नेतृत्वको सरकारको फरक धारणा किन हो भन्ने पनि आफूहरूले नबुझेको कर्मचारीले बताए।
मन्त्रीले आफूहरूसँग छलफल गरे अवकाशमा जान चाहनेलाई जबर्जस्ति काममा लगाउँदाको बेफाइदाबारे आफूहरुले सुझाव दिन चाहेको ती कर्मचारीले बताए। ‘बोकेको कुकुरले त शिकार गर्दैन, जबर्जस्ति पठाएको कर्मचारीले कसरी प्रभावकारी कार्यसम्पादन गर्न सक्छ,’ उनले भने, ‘त्यस्ता कर्मचारीलाई ऐनको व्यवस्थाअनुसार नै अवकाश दिएर नयाँ कर्मचारी भर्ना गर्नु हितकारी हुन्छ भन्ने मन्त्रीज्यूलाई सुझाव दिन चाहन्छौं।’ मन्त्रालयकी सूचना अधिकारी सुप्रभा खनालले ऐनले दिएको अधिकार अनुसार बेग्लै शाखा सञ्चालन गरी स्वेच्छिक अवकास रोज्नेको नामावली अद्यावधिक कार्य भइरहेको जानकारी दिइन्।
‘प्रधानमन्त्री र मन्त्रीज्यूले स्वेच्छिक अवकासबारे बोल्नुभएको मिडियाबाट थाहा पाएका हौं। हामीलाई काम रोक्न कुनै निर्देशन आएको छैन। त्यसैले निरन्तर काम गरिरहेका छौं’ खनालले भनिन्। मन्त्री पण्डितले कर्मचारीलाई स्वेच्छिक अवकास दिने, नदिनेबारे मन्त्रालयले गृहकार्य गरिरहेको उल्लेख गर्दै स्वेच्छिक अवकासबारे मन्त्रालयमा छलफल भएको दाबी गरे। ‘कुन कर्मचारीसँग छलफल गर्नु पर्ने हो? थाङ्ने कर्मचारीसँग छलफल गर्नु पर्दैन,’ मन्त्री पण्डितले सेतोपाटीसँग भने, ‘स्वेच्छिक अवकास रोज्ने कर्मचारीको नामावली भोलि सार्वजनिक हुन्न। जागिर खान मन नभएकाले आफैं छोडे हुन्छ, एकैचोटी सात वर्षको पेन्सन दिन सकिन्न।’
उनले स्वेच्छिक अवकासका बारेमा पर्याप्त छलफल भएकाले सडक–सडकमा छलफल गर्नुको कुनै औचित्य नहुने बताए। ‘मन्त्रालयमा छलफल भएको छ, सडकमा छलफल गर्नुपर्दैन’ उनले भने। पुस २८ गते राजपत्रमा सूचना प्रकाशित गरेर मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा जान नचाहने कर्मचारीलाई फागुन १३ गतेभित्र स्वेच्छिक अवकासका लागि निवेदन दिन सूचना नै जारी गरेको थियो। एउटा कर्मचारीलाई स्वेच्छिक अवकास दिई विदाइ गर्दा राज्यकोषको करिव ३२ लाख रुपैंया खर्च हुन्छ। कर्मचारीलाई सात वर्ष पेन्सन स्वच्छिक अवकासका बेला दिने ऐनमै उल्लेख छ। सात वर्षपछि निरन्तर कर्मचारीले आफूले पाउने पेन्सन पाइराख्छन्। नौ हजार हाराहारीका कर्मचारीलाई स्वेच्छिक अवकास दिँदा राज्यकोषको ३४ अर्बभन्दा बढी रकम खर्च हुने हुँदा राज्यले आर्थिक हिसाबले धान्न नसक्ने मन्त्री पण्डितको तर्क छ।
स्वेच्छिक अवकास चाहेका नौ हजार कर्मचारीमध्ये एक हजार जनाभन्दा बढी लिथो मेसिन चलाउने कर्मचारी छन्, सबै सरकारी कार्यालयमा कम्प्युटर प्रयोग भएपछि यस्तो जनशक्ति खपत हुँदैन। स्वेच्छिक अवकाश रोज्नेमा कार्यालय सहयोगी र चालक तीन हजार जना छन्। तीन हजार नियमित रूपमा अवकास हुने कर्मचारी छन्। दुई हजार हाराहारीका कर्मचारीलाई मात्रै समायोजन गरी संघ, प्रदेश र स्थानीय तह पठाउन सकिने देखिन्छ। निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले कर्मचारी समायोजन ऐन २०७४ ले व्यवस्था गरेअनुसार नै कर्मचारीलाई स्वेच्छिक अवकास दिनुपर्ने बताउँदै आएको छ।
कर्मचारीलाई अवकास दिने या काममा खटाउने भन्नेबारे सरकारले निर्णय गर्न सक्ने भए पनि ऐनअनुसार सुविधा लिन पाउनु पर्ने माग आफूहरुको रहेको अध्यक्ष पुण्यप्रसाद ढकालले बताए।
कर्मचारी समायोजन ऐनमा २० वर्ष सेवा गरेका तथा ५० वर्ष उमेर काटेका कर्मचारीलाई स्वेच्छिक अवकास रोज्न दिने उल्लेख छ।
-प्रशन्न पोखरेल,सेतोपाटी !
Ganesh Chetri
कारबाइ गरौ बेरोजगार युबा लाइ मौका दिउ
Krishna Thakuri
काम नगर्ने कर्मचारीलाई के काे एक मुष्ट रकम तिनीहरूलाई बिना रकम नै बर्खास्त गर्नुपर्छ
जब्बरबहादुर भण्डारी
आजसम्म तिमीहरूले नै देश धानेका थियौ । तिमीहरूलाइ धन्यबाद ।
Dharma Raj Ghimire
बाँदरकाे हातमा नरिवल
Suren Duwal
Shai ho
Khem Tiwari
यीनै कर्मचारी ले ४७ साल ताका गीरीजा सरकार लाई असहयोग गरेर तत्कालीन छाया सरकार लाई गुन लगाएका थिए।नेपाल को कर्मचारीतन्त्र सधै बाम अनुकुल नै थियो । बल्ल जिम्मेवारी पाए पछि कर्मचारी को बारेमा केही गर्नु पर्ने बेला आयो।हेर्दै जाउ के के हुन्छ।
Bir Bahadur Khaptari
अझै खुलेर भनिदिनुस् कि कर्मचारी लाइ यो स्टेज दिलाउने योगदान मदन भण्डारीको हो।
Khem Tiwari
सर ती दिन नसम्झ्दा नै राम्रो।वाफ रे वाफ त्यसताका का एमाले हरु …..
Gyan Bhusal
रमाइलो हाेला जस्तो पाे छ त। अब जवाफ के अाउने हाे दाेहाेरिकाे ।
Gyan Bhusal
रमाइलो हाेला जस्तो पाे छ त। अब जवाफ के अाउने हाे दाेहाेरिकाे ।
Govinda Paudel
Kanun sammat mageako soachik abkas ko, nirnaya garidinu hola mantri ju.
Ks Limbu
Herdai monkey justo x kaso comunist vaye x
Khagendra Thapa
Tero anuhaar ni
Om Prakash Acharya
धेरै नचम्के हुन्छ
Navaraj Bhatta
सरकारिकर्मचारि हाे कि केहाे
Om Prakash Acharya
कुनै राम्रो पक्षको support गर्नालाई समन्धित पद नै भएर मात्र हुदैन मित्र कुन कुरालई कसरी विश्लेषण गर्ना सकिन्छ भनेर मात्रै हो सरकारी कर्माचारीले मात्रै हैन हामी सबैले लिएको राम्रो पक्ष हो।
Navaraj Bhatta
सबै त नभनुम ७०%कर्मचारि भर्ष्ट र सरकारले भनेकाे नमान्ने छन्।एउटा मालपाेत मा खरिदार काे जागिर खाने कर्मचारिले 25 हजार तलब थापेर काठमाडौ काे महङ्गिमा 5बर्षमा घर बनाउछ परिवार पालेर त्याे कसरी सम्भब छ त???? लालबावु ले ठिक गर्दै छन् अादेस नमान्ने लाई निकाल्दे हुन्छ यहाँ लाखौ शैक्षिक बिराेजगार छन् ती अहिले भएका भन्दा टेलेन्ट पनि छन् जाे मान्दै न तेसलाई घाेक्रेठ्याक लगाए हुन्छ।
Indra Kafle
दुई चार जना हाेलान् सवै कर्मचारी त्यसता छैनन् ,जग्गा दलालि लाई त कसैले केही नभन्ने
Om Prakash Acharya
Indra Kafle कुरो यसरी बुझ्नुपर्छ
Om Prakash Acharya
Navaraj Bhatta g हो तेसैले युवा बिरोजगारी छन रोजगार पाएनन बुढाहरुले अब काम गर्ना सक्दैनन् भनेत सोईच्छक अवकाश भनेको हो ५० बर्ष भन्दा माथिका २० बर्ष सेवा गरेकालाई हैन र? अनि एउटा हजुरको बानि नजिक हेर्न रहेछ त्यो गलत बानि आजै देखि फाल्न जरुरत छ नजिकको हेरेर भन्नू भन्दा दुर्गममा काम गर्ने कर्माचारीको पिडा बुझ्नु भाछ जस्तै कालिकोट रुकुम जाजरकोट जुम्ला हुम्ला अनि भर्ष्टको कुरा गर्दा दुर्गममा भएको कर्माचारीले कसरी गर्छ ताकि तेहा projectनै राम्रोसँग चल्दैन जस्तो आफू उस्तै खेतको टापु नसम्झिउन मित्र कुरो गहिरो पाराले बुझम अनि मात्रै सबल र सक्षम भईन्छ।
महेन पुमा
Kura thik ho hamilai deuna jagir pugi sari vakalai paisa doyera bidai goli mar tyatro janashakti nepalma xa ghus khana napaiyera swexik awakash dinu hunna chorharulai kina dine pension vakalai dine ho berojgar yuba lai kam ma xamata anusar lagau mantri jiu yast ghuskhori ghus khana payena vanera jan khojnelai ek paisa nadinus
Bir Bahadur Khaptari
कुरा बुझेका छन मन्त्री ले घुमाउन खोज्दै छन कर्मचारी।
Hikmat Luintel
सही कुरो
Nawaraj Shrestha
Yesto sasto lokpriy bannakojny vikarinirichha pandit ta yesto tahavako ay ma 100 pani sahayog grdina tiyo dikkarchha afuli
Ram Krishna Khatri
Aafu think huna sakema matra arulai think lagauna sakin6. herdai jau…….. !!!
Hom Kumar Shrestha
पाटन हास्पिटलमा भर्ना गर्नु पर्ल जस्तो पो 6। किन यति सारो भएको हो???
Rajan Guragai
karmachari pagal paxi thanne vayaxan
Shyam Krishna Karmacharya
Hajur ko shatha hami chyaun
Rajankumar Stha
Teti bal r chadapan nadekhaida hunxa mantri jeu. Karmachari le satha nadiya dubai khutta binako laggado hunuhinexa aaphulai pahile bujhe ramro .nepalko kanun ta natra garo holahoi ….
Prakash Baniya
देशमा संकटकालका बेला जिउ ज्यानकाे वास्ता नगरि देशकाे संकटकालिन अवस्था बाट पार लगाउने पनि यिनै कर्मचारि हुन मन्त्रि ज्यु हेक्का राखाै
Niranjan Khadka
जिउ ज्यान दिएरै बोक्नै नसकिने गरि बोरामा पैसा कुम्ल्याए चाही होलान ।
Niranjan Khadka
जिउ ज्यान दिएरै बोक्नै नसकिने गरि बोरामा पैसा कुम्ल्याए चाही होलान ।
Indra Kafle
कसले कुम्ल्यायाे हावा कुरा नगर्नुहोस् दुई चारजना सग सवैलाइ नदाज्नुहाेस्
Prakash Baniya
चन्दाका नाममा अवसरवादिले कुम्ल्याय बुझेर बुच पचाउने लाई के भन्ने
Ashok Gauli
???????????????
Ramesh Sitaula
अनि हरेक कार्यलया मा जदा सर्बसाधारण लाई यो मिलेन त्यो मिलेन भनेर दुख दिने चाइ कुन कर्मचारी महासय? रास्ट सेवक कर्मचारी हाम्रो नेपाल मा ५% पनि छैनन होला । पैसाको बिटो नदेखाइ हुने काम को फाइल पनि अगाडि बडाउदैनन तेस्तो प्रत्येक्ष पिडित म पनि हु अरु के प्रमाण चाहिन्छ यहाँ भन्दा? भ्रस्ट हरुले भरियको मेरो देश
Resham Babu Shrestha
Afnai karyekarta lai jagir deye vaihalchhani jane mains lai kina rokne?
Ghanashyam Baral
डी भी पी आर ले चर्चीत भयेका पण्डितजीलाई स्वैच्छिक अवकाशले फेल गराउला जस्तो छ ।
Vkt Khyaal
अच्छा हुवा
Binod Katwal
के भन्छ यो कालु बाबु ? मन्त्रि पनि कर्मचारी नै हो नि।
Shyam Baniya
Great 100%shahi 6pandit ji desh bigarne haru ene hun
Khadananda Guragain
मन्त्रीले नै ऐन नमान्ने हो भने कर्मचारी ले किन मान्ने त?
Chetnarayan Pandey
घुसखोरी र ठग कर्मचारी तह लगाए देस आफै सम्म्र्द्द बन्छ,,,
Ramesh Sharma Ghimire
कर्मचारीतन्त्र कमजोर र अस्थिर राजनीति मन पराउँछ । देशमा स्थिरता ऊनका लागि अपाच्य हुन्छ ।
Indra Kafle
कर्मचारी लाई त्यसरि नहेप्नु हाेस् विचार गर्नुहाेस् कर्मचारी काे याेगदानकाे पनि
Ramesh Sharma Ghimire
ईमान्दार र लगनशील कर्मचारी लाई कसैले नराम्रो भन्दैन र भन्न पनि मिल्दैन त्यो मलाई थाहा छ ।
Pradhum Man Shrestha
भैरहवामा दुई दुई पल्ट एउटै ब्यापारीलाई भारती सुटर ल्याई गोली हान्न लगाउने गयर कानुनी वित्तीय अपराधि डन गलामन्डीको आलु वाला,आज थुना मुक्त!haaaaa
Maniraj Ghimire
देस चलाउने कर्मचारी लाई थाङ्ने भन्छ
Hriday Raj Mishra
कर्मचारी नोकर हुन तर लोकतन्त्र मा नोकर को नि सम्मान हुन्छ
Raj Punknot
J bhayini desko bikass gara pandit jyu timi aafai mathi pugxau
Shyam S Bhandari
Pahila mantri le sahi palan grau t
Dambar Acharya
अब देखिन्छ लाल बाबुको शक्ति या रद्दी
Niranjan Khadka
त्यो चाही हो धमिरा जस्ता कर्मचारीले पण्डितलाई सिद्याउन के बेर
Rohit Koirala
धेरै फुर्किए जस्तो छ कमरेड।
Yogi Shambhunath
यो बूढो बहुलाउन थाले छ।
Jagat Kiran DC
कर्मचारी थाङ्ने#####मन्त्री ज्यु चाहिँ के रैचन माङ्ने???
Shiva Sharma
अल्प बुद्धि ।मन्त्री को।
Khagendra Thapa
Correct
Simleli Thule
Mantri jeu sidai barkhasth garnus enai vrastha karmachari hun des bigarne.
Chandra Chapagain
यो देश मा लगभग चालीस हजार निजामती कर्मचारी छन।सबैलाइ भ्र्स्ट को दोश लगाएर निकाल्नु अनि सडक बाट तिमिहरुला चाहिएका खोजेर भर्ना गर्नु सम्बृद्धी आफै आउँछ।
Santosh Shah
40 hazar ma 90% ta bhrasta nai chan ta
Khadga Khadka
मेसिन भुत्ते भयो भने के हुन्छ थाहा पाइहाल्नु हुन्छ । तपाई एक्लैले फुर्ती नगर्दा हुन्छ ।
Suraj Khanal
Yo pane ta ho. Bhastari sampati sudhi karan garnaparchha
Suraj Khanal
Yo pane ta ho. Bhastari sampati sudhi karan garnaparchha
Bhumiraj Acharya
kura garna sajilo 6 but afailai pareko bhaya thaha huntho manisharu lai
Bhumiraj Acharya
kura garna sajilo 6 but afailai pareko bhaya thaha huntho manisharu lai
Kiran Rijal
कर्मचारी तन्त्र नै मुलुक को अभिशाप हो
Kiran Rijal
कर्मचारी तन्त्र नै मुलुक को अभिशाप हो
Indra Kafle
त्यसाे भय देश तपाईं ले चलाउनु हाेस् न त
Uttam Purush
अाखिरि अाफ्नाे देखाए रै छाडे।
Uttam Purush
अाखिरि अाफ्नाे देखाए रै छाडे।
Tanka Shrestha
थाङ्नेहरुलाई निर्ममता पुर्वक कुल्चिनु जरुरी छ ।
Tanka Shrestha
थाङ्नेहरुलाई निर्ममता पुर्वक कुल्चिनु जरुरी छ ।
Niranjan Khadka
ठिकै पर्यो किन कर्मचारीलाइ राजनीति गर्ने अधिकार दिएकाे त ? कर्मचारीले अब काम गर्दैनन् । समानान्तर सरकार चलाउछन । निजी उद्योगमा पार्टीका कार्यकर्ताले पार्टी कार्यलय खोलेर व्यक्तिको लगानीनै डुबाइदिएका छन् । यो देशमा कस्ले जोखिम मोलेर लगानी गर्छ । न धनको सुरक्षा न ज्यानको सुरक्षा ।
Niranjan Khadka
ठिकै पर्यो किन कर्मचारीलाइ राजनीति गर्ने अधिकार दिएकाे त ? कर्मचारीले अब काम गर्दैनन् । समानान्तर सरकार चलाउछन । निजी उद्योगमा पार्टीका कार्यकर्ताले पार्टी कार्यलय खोलेर व्यक्तिको लगानीनै डुबाइदिएका छन् । यो देशमा कस्ले जोखिम मोलेर लगानी गर्छ । न धनको सुरक्षा न ज्यानको सुरक्षा ।
Swayam Rana
आफूले जागिर नपाएको रिस पोखेका होलान् ।???
Swayam Rana
आफूले जागिर नपाएको रिस पोखेका होलान् ।???
Basanta Ghimire
बिचरा ! अलिकती भाको इज्जत पनि धुलोमा बिलिन हुने भो !
Basanta Ghimire
बिचरा ! अलिकती भाको इज्जत पनि धुलोमा बिलिन हुने भो !
Nembang Durga Lavun
ज्ञानेन्द्र गए हुकुमी शैलीले, मन्त्री पण्डितको पनि शैली त्यस्तै देखियो । विनासकालमा विपरीत वुध्दि आको हो भने आफू नैथाङ्ने हुनुपर्ला । आकाशलाई थुके आफ्नै मुहार फोहोर हुन्छ। ऐेन नियमको रक्षक नै भक्षक हुन खोजेजस्तो देखिन्छ।
Nembang Durga Lavun
ज्ञानेन्द्र गए हुकुमी शैलीले, मन्त्री पण्डितको पनि शैली त्यस्तै देखियो । विनासकालमा विपरीत वुध्दि आको हो भने आफू नैथाङ्ने हुनुपर्ला । आकाशलाई थुके आफ्नै मुहार फोहोर हुन्छ। ऐेन नियमको रक्षक नै भक्षक हुन खोजेजस्तो देखिन्छ।
Kirti Kc
Khoki dherai lagechha dhulo khayera hola?
Sagoon DH
news le j vano teskai paxi lagera Gali garnu ??? bekar ho ramro sanga kura bujhera matra vanda ramro☺☺
Yahun C. Sibakoti
मैले लाेक सेवा अायाेगबाट लिखित र अन्तर्बाता पास गरे पछि सम्बन्धित मन्त्रालयमा नियुक्ति लिन गाकाे त वीर अस्पतालबाट निराेगिताकाे प्रमाणपत्र लेउ अनि मात्रै नियुक्ति पाइन्छ रे । नेताहरूलाई पनि निराेगिताकाे प्रमाणपत्र ल्याएपछि मात्र सपथ ग्रहन् गराउने हो कि ? हनुमानजीकाे के राय छ ?
Ram Gurung
Union ko add ma kurline khate karmachari lai karbahi gareko ramro
Lb Gurung
Yi sabai karmachari haru ghus khana paune thauma ra aafule man paraeko thaunma posting napaera baulaeka hun tyesta lai khali hath ghar pathaunu parxa.
Suresh Sharma
सम्बन्धित मन्त्रालय का कर्मचारी लाई थाहै नदिइ मिडिया मा कुरा गरे भई हाल्छ ।
मन्त्री ज्यु अलि अलि मेक अप गरेर मिडिया मा आएको भए शायद काम भई हाल्थ्यो कि ? नत्र यस्तै कर्म चारी बाट काम चलाउनु पर्ला नि ।
Koirela Laxmi
मन्त्रि पण्डितले सोचबिचार गरेर सहि काम गर्नुहुन्छ पक्कैपनि । अौषधी तितो हुन्छ …..
Sabin Malla Thakuri
good lal babu pandit
Ishwari Prasad Kandel
थाङ्ना मा सुत्ने जति सबै थाङ्ने ?..but को को सुते भन्ने कुरा भने अलग्गै !…?????
D.d. Joshi
कर्मचारीको सहयोग विना केही लछारपाटो लाउन सक्दैनौ मन्त्रीज्यु, कानून बमोजिम पाइला चाल्नुहोस, थुतुनो काबुमा राख्नुहोस शुभकामना
Santosh Shah
10 hazar lai nilamban gardaima kehi farak pardaina…desh ma daxcha yuva berojgar dherai chan
Guragain Puspa
फरक फरक B४ आउन्जेल समस्याको समाधान हुन सक्दैन । विधि र बोली एक नहुनु समस्याको शुरूवात हुनु हो ।
Dev Adhikari
मन्त्रि पण्डितले सोचबिचार गरेर सहि काम गर्नुहुन्छ पक्कैपनि । अौषधी तितो हुन्छ …..
Jiten Khadka
Yaha alik badhi nai thulo nirnaya vayo hola mantrijiu jagir nakhaneley niyam bamojim jana paunuparxa aba jagir khanelai testo banaunus pahilakaley taw paunuparxa hau kinaki pahila jagir khada nai sabai sarta Pura garera khayaka hun so janelai ramrari pathaunus ananda hunxa natra taw garho hjrlai ni parxa hola..
Dinesh Adhikari
SLC laketaha
Hemnarayan Chapagain
शिखर न्युज र नेपालपानाका कुरा कसैले पत्याउदैन हजुर ।
Dinesh Prasad Shrestha
Very good minister
Kamal Khadka
यिनी लाइ के थाहा यथार्थ बिसय?
Dipendra Yogi
Kanun abhujheka thanne mantri
Laxmi Neupane
mat kinbechma bikeka harulai bastabik pratispradhako kasta tha vayapo samman garthe!!! karmachari timra kholtika goti hoinan j garepani hunxa vanne nasochnu.
Sadhuram Khatri
कर्मचारीहरू सावा बिनाकाे ब्याज खाेज्दैछन् ।
Mohan Katuwal
धर्ने दिया बन्दुक बन गया हवल्दार।
Madan Lama
Vat ma gaya sab naya pidilai dinus jagir pakkai khi holaki
Buddhi Ghimire
बिनासकाले विपरीत बुद्धि
Ram Bali Das
Great minister. Chor karmchari
Mukund Ranjit
Pahile aafai netaharule karmchariharulai pupulayer sangha sanstha kholan lagaye ab tesai khldoma netaharu purine vo. Ab karmchariharule teren kam garen vaner hunxa,
Manoj Basnet
Hait yo Des ma k huna lagone neta g.haru le afu bahek aru sabai lai thangne dekhana thale Ba. Janmeday mantre bhayera ako jasto po garna thalo ba
Desh Thalang Limbu
भ्रस्टाचार गर्न नपाउने भए पछी यस्तो बखडा निकाल्न थाले कि जस्तो छ कर्मचारी युनियन ले तर सङ्घिय मामिला तथा सामन्य प्रशासन मन्त्री जनताको लागि राम्रै ब्याक्ती हुन
Janga Adhikari
घुसखोरी कर्मचारी लाई हटाऊ।।।
Bishnu Begha
J garyo thik garyo j vanyo thikai vanyo yesta thangne haru sanga k ko xalafal sidai barkhasta garnu parxa
Bharat Pokhrel
मन्त्री तिमी निडर भएर अगाडि बढ सफलता मिल्ने छ
Laxman Koirala
कर्मचारीलाई थाङ्ने भन्ने लालबाबू पण्डितलाई के भनौ नेपालमा अब थाङ्ने कर्मचारी हैन सक्ने भए सुकिलामुक्ला कर्मचारीको ब्यबस्था गर्नुहोला अन्यथा यस्ता अभिव्यक्ति नदिन अनुरोध गर्दछु।