काठमाडौंको चिसो अझै बढ्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०७५
|
|
५३ पटक हेरिएको
Shares
काठमाडौंको चिसो अझै बढ्ने

सारांश

  • काठमाडौं १६ पुस ।
  •   काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ।
  • न्यूनतम तापक्रम घटेसँगै आइतबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ।

काठमाडौं १६ पुस ।  काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ। न्यूनतम तापक्रम घटेसँगै आइतबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको छ। महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौैंको न्यूनतम तापक्रम १.० र अधिकतम १६.८ डिग्री सेल्सियस रहेको छ।

शनिबार काठमाडौंको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियस थियो। गत वर्ष डिसेम्बर ३० मा काठमाडौंको न्यूनतम तापक्रम १.८ डिग्री सेल्सियस थियो। त्यसैले गत वर्षको तुलनामा यस वर्ष अली बढी चिसो भएको मौसमविद् राजु प्रधानाङ्गले बताए। प्रधानाङ्गका अनुसार अब केही दिन न्यूनतम तापक्रम ० देखि २ को हाराहारीमा रहनेछ।

‘सिजनल इफेक्टले न्यूनतम तापक्रम घटबढ भइरहेको हो। तापक्रम घटेपछि उपत्यकामा बढी चिसो महसुस गरिएको छ”, उनले भने। राति आकाश सफा भएकाले बिहान बेलुकी बढी चिसो महसुुस गरिएको हो। आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ। सोमबार देशैभरि मौसम सफा रहने विभागले जनाएको छ।

महाशाखाकाको पछिल्लो विवरणानुसार डडेलधुरा, मोरङ र ताप्लेजुङको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ। त्यस्तै दाङ र पोखराको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ। सबैभन्दा बढी वीरेन्द्रनगरको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ। जुम्लाको न्यूनतम तापक्रम आज माइनस ७ डिग्रीमा झरेको छ। तापक्रम घटेसँगै जनजीवन कष्टकर बन्दै गएको छ। नागरिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व बैंकले सहयोगलाई निरन्तरता दिने
विश्व बैंकले सहयोगलाई निरन्तरता दिने
डोटीको प्रदेशसभा ‘क’ मा काँग्रेसका भरत खड्का विजयी
डोटीको प्रदेशसभा ‘क’ मा काँग्रेसका भरत खड्का विजयी
बेमौसममा कराउनेहरु केही दिनमा आफैं चुप लाग्छन् : प्रधानमन्त्री ओली
बेमौसममा कराउनेहरु केही दिनमा आफैं चुप लाग्छन् : प्रधानमन्त्री ओली
ओली र प्रचण्ड मिलाउने सूत्रसहित वामदेव सक्रिय
ओली र प्रचण्ड मिलाउने सूत्रसहित वामदेव सक्रिय
निर्मला पन्त हत्या प्रकरण: ‘यस्ता छन् हत्याकाण्डपछिका ६० दिनका घटनाक्रम’
निर्मला पन्त हत्या प्रकरण: ‘यस्ता छन् हत्याकाण्डपछिका ६० दिनका घटनाक्रम’
‘चङ्गा चैट’ मा तीन वेराेजगार प्रेमीकाे कथा ! (भिडियाे सहित)
‘चङ्गा चैट’ मा तीन वेराेजगार प्रेमीकाे कथा ! (भिडियाे सहित)
यसरी हुँदैछ प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण
यसरी हुँदैछ प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण
आकाशबाट १० किलोको ढुंगा खसेपछि मन्त्रीदेखि सर्वसाधारणको भिड
आकाशबाट १० किलोको ढुंगा खसेपछि मन्त्रीदेखि सर्वसाधारणको भिड
एयरलाइन्स र प्रहरीसँगको आर्थिक सेटिङमा टुरिस्ट भिसा,१५ नेपालीको  उद्धार;
एयरलाइन्स र प्रहरीसँगको आर्थिक सेटिङमा टुरिस्ट भिसा,१५ नेपालीको उद्धार;
यी खेलाडिले स्विकारे फिक्सिङ गरेकाे अाराेप
यी खेलाडिले स्विकारे फिक्सिङ गरेकाे अाराेप