सांसद महेश बस्नेतकाे पहलमा कोटेश्वर–जडिवुटीमा तिहार अघि नै बेलिव्रिज सञ्चालनको तयारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ११, २०७५
|
|
२२ पटक हेरिएको
Shares
सांसद महेश बस्नेतकाे पहलमा कोटेश्वर–जडिवुटीमा तिहार अघि नै बेलिव्रिज सञ्चालनको तयारी

सारांश

  • काठमाडौं,  ११ असाेज ।
  •   कोटेश्वर–जडिवुटीको जाम ब्यवस्थापनमा नेकपाका केन्द्रीय सदस्य एवं भक्तपुरका सांसद महेश बस्नेतले पहलकदमी थालेका छन् ।
  • सांसद बस्नेतले माथिल्लो तहदेखि तल्लो तहसम्म समन्वय गरेर जाम ब्यवस्थापमा जुटेको केहि महिनाभित्रै अस्थायी समाधानको बाटो खुल्ने भएको  हाे ।

काठमाडौं,  ११ असाेज ।  कोटेश्वर–जडिवुटीको जाम ब्यवस्थापनमा नेकपाका केन्द्रीय सदस्य एवं भक्तपुरका सांसद महेश बस्नेतले पहलकदमी थालेका छन् । सांसद बस्नेतले माथिल्लो तहदेखि तल्लो तहसम्म समन्वय गरेर जाम ब्यवस्थापमा जुटेको केहि महिनाभित्रै अस्थायी समाधानको बाटो खुल्ने भएको  हाे । जामको समस्या अस्थायी रुपमा समाधान गर्न हनुमन्ते नदी तथा मनोहरा नदीको दोभानमा तिहार अघि नै बेलिव्रिज सञ्चालनमा ल्याइने तयारी भइरहेको छ ।  पूर्व उद्योगमन्त्री बस्नेतको विशेष पहलमा सडक विभाग केन्द्रीय कार्यालय ललितपुरका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठ, पिआईडी दिवाकर ढकाल, स्थानिय जनप्रतिनिधि तथा सरोकारवाला निकायहरु सहितको स्थलगत निरिक्षण पछि उक्त कुरा बताइएको हो ।

उक्त स्थानमा अरनीको राजमार्गको वैकल्पीक सडकको रुपमा हनुमन्ते नदी तथा मनोहरा नदीको करिडोर निर्माणका कार्यहरु अघि वढिरहेका छन् । त्यस्तै पेप्सीकोलादेखि सल्लाघारीसम्म पनि अरनीको राजमार्गको वैकल्पीक सडकको रुपमा सडकको चौडाई वढाउने कार्य टेण्डर भई निर्माण कार्य अघि बढिरहेको छ । निरिक्षणका क्रममा सांसद बस्नेतले  भने ‘कोटेश्वर – जडिवुटीमा सवारी जामका कारण लाखौ मानिसको लामो समय वर्वाद भइरहेको र त्यसलाई दिर्घकालिन समस्या समाधान गर्न राष्ट्रिय गौरवका कार्यहरु सुरुङ मार्ग, बैकल्पीक मार्ग लगायतका कार्यहरु अघि वढिरहेको छ ।

हनुमन्ते नदी तथा मनोहरा नदीमा स्थायी पुलहरु निर्माणका प्रकृयामा रहेका छन् । ति दिर्घकालिन योजनाहरु पूर्ण रुपमा सञ्चालनमा नआउन्जेलसम्म अस्थायी रुपमा बालकुमारीदेखि हनुमन्ते – मनोहरा हुँदै अरनिको राजमार्गसम्म जोड्नको लागि यो वेलिव्रज बनाउने प्रकृयामा अघि वढाएका हौं ।’ त्यस्तै विभागका महानिर्देशक श्रेष्ठले उक्त वेलीव्रीज सम्भाव भएसम्म आगामि तिहार अघि नै सञ्चालनमा ल्याउने बताए । यससंगै सवारी जामका कारण वाक्क भएका सर्वसाधारणले अब केहि समयमै शान्तिको श्वास फेर्न पाउने भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तान निर्वाचनः यसपटक २८ प्रतिशत बढी खर्चिलो, १ हजार करोड खर्च भएको अनुमान
पाकिस्तान निर्वाचनः यसपटक २८ प्रतिशत बढी खर्चिलो, १ हजार करोड खर्च भएको अनुमान
हेटौँडालाई प्रदेश राजधानी बनाउन माग
हेटौँडालाई प्रदेश राजधानी बनाउन माग
सत्ता गठबन्धनले टुंगायो मुख्यमन्त्रीको भागबण्डा, कुन प्रदेशमा कसको सरकार ?
सत्ता गठबन्धनले टुंगायो मुख्यमन्त्रीको भागबण्डा, कुन प्रदेशमा कसको सरकार ?
पनुर्निर्माणमा विभिन्न मुलुकले वाचागरे भारतले सम्झौता गरेको एकखर्बमा  एकरुपैयाँ आएको छैन ।
पनुर्निर्माणमा विभिन्न मुलुकले वाचागरे भारतले सम्झौता गरेको एकखर्बमा एकरुपैयाँ आएको छैन ।
पशुपतिमा सन्ध्या आरती र विशेष पूजा बन्द
पशुपतिमा सन्ध्या आरती र विशेष पूजा बन्द
पुरै देश एमालेमय बनाउने केपी ओलीको योजना  ! एमाले-माओबादी एकता !
पुरै देश एमालेमय बनाउने केपी ओलीको योजना ! एमाले-माओबादी एकता !
सरकारले सीधै डा. गोविन्द केसीसँगै वार्ता गर्ने
सरकारले सीधै डा. गोविन्द केसीसँगै वार्ता गर्ने
राष्ट्रपतिसमक्ष ​मानवअधिकार आयोगद्वारा प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष ​मानवअधिकार आयोगद्वारा प्रतिवेदन पेश
दौड्दै गरेका प्रहरी सहायक निरीक्षकको मृत्यु
दौड्दै गरेका प्रहरी सहायक निरीक्षकको मृत्यु
नेपालगञ्ज बसपार्क सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
नेपालगञ्ज बसपार्क सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

तपाईंले छुटाउनुभयो कि?