पदमुक्त प्रधानन्यायाधिश बाट राष्ट्रपतिले लिएको सपथबारे सर्वोच्चमा बहस !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १३, २०७४
|
|
२७ पटक हेरिएको
Shares
पदमुक्त प्रधानन्यायाधिश बाट राष्ट्रपतिले लिएको सपथबारे सर्वोच्चमा बहस !

सारांश

  • काठमाण्डौ  १३ चैत ।
  • राष्ट्रपति विद्या भण्डारीको सपथबारे सर्वोच्च अदालतमा बहस गर्ने बाटो खुलेको छ ।
  • न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले पदमुक्त भइसकेका प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिएको सपथ बदरको माग गर्दै परेको रिट दरपीठ बदर गरपेपछि बहसका लागि बाटो खुलेको हो ।

काठमाण्डौ  १३ चैत । राष्ट्रपति विद्या भण्डारीको सपथबारे सर्वोच्च अदालतमा बहस गर्ने बाटो खुलेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले पदमुक्त भइसकेका प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिएको सपथ बदरको माग गर्दै परेको रिट दरपीठ बदर गरपेपछि बहसका लागि बाटो खुलेको हो । पराजुलीले २१ साउनमै अवकास पाएको देखिएको र न्याय परिषदले पत्रचार गरिसकेको अवस्थामा सपथको बैधता संवेदनशील प्रश्न भएको इजलासले बताएको छ ।

‘यस विषयलाई न्यायिक सुनुवाईमा प्रवेश हुन नदिनु उचित हुँदैन’ आदेशमा भनिएको छ ।

इजलासले कानुनी आधार तथा उचित र पर्याप्त कारण नखुलाई निवेदन दरपीठ गर्ने आदेश भएको भन्दै आदेशमा भनिएको छ, अन्य कुराको रीत पुगेको भए निवेदन दर्ता गरी अरु नियमानूसार गर्नू ।’

पदमुक्त भइसकेको भनिएको ब्यक्तिबाट राष्ट्रपति भण्डारीले लिएको सपथलाई वैधानिकता मान्ने वा नमान्ने भन्ने गम्भीर संवैधानिक प्रश्न उब्जिएको थियो । भण्डारीलाई सपथ ग्रहण गराउने कार्यक्रम सुरु हुनेक्रममै न्यायपरिषद सचिवालयले प्रधान न्यायाधीशलाई पदमुक्त घोषणा गरेको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Buddhipd Rai

    नेपालको राष्ट्रपतिले लिएको शपथ नै संवैधानिक नरहेको अवस्था विषयमा सर्वोच्च अदालतमा विचारधीन रहेसी यो भन्दा लाजमर्नुको अवस्था अरु के नै होला हौ???

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?