मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका ३२ योजना

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ७, २०७७
|
|
६० पटक हेरिएको
Shares
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका ३२ योजना

सारांश

  • रुकुम–पूर्वमा चालु आर्थिक वर्षमा प्रदेश सरकारका योजनाअन्तर्गत मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका ३२ योजना सञ्चालन हुने भएका छन् ।
  • जिल्लाको तीन वटै गाउँपालिकाबाट छनोट भएर आएका ३२ वटा योजनालाई जिल्ला समन्वय समितिले स्वीकृत गरेको छ ।
  • प्रदेश ५ सरकारले आर्थिक तथा सामाजिक सूचकाङ्कका आधारमा कमजोर गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम सञ्चालन गरिएको हो ।

रुकुम–पूर्वमा चालु आर्थिक वर्षमा प्रदेश सरकारका योजनाअन्तर्गत मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका ३२ योजना सञ्चालन हुने भएका छन् । जिल्लाको तीन वटै गाउँपालिकाबाट छनोट भएर आएका ३२ वटा योजनालाई जिल्ला समन्वय समितिले स्वीकृत गरेको छ । प्रदेश ५ सरकारले आर्थिक तथा सामाजिक सूचकाङ्कका आधारमा कमजोर गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम सञ्चालन गरिएको हो ।

सूचकाङ्कमा कमजोर समुदाय, घरपरिवार वा व्यक्तिहरूको गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, आयआर्जनका अवसरहरू तथा सामाजिक संरक्षणका कार्यक्रममार्फत जीवनस्तर सुधार गरी गरिबी निवारण गर्ने मुख्य उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यस कार्यक्रमको लागि अहिले जिल्लाबाट ३२ वटा योजना छनोट भएका छन् । जसमा चालुतर्फका २२ वटा र पुँजिगत तर्फका १० योजना छन् ।

यस वर्ष सिस्ने गाउँपालिकामा १२ कार्यक्रम सञ्चालन हुने छन् भने भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा दशरदश वटा कार्यक्रम सञ्चालन गरिने कार्यक्रमका जिल्ला संयोजक लिलामणि गौतमले बताउनुभयो । कार्यक्रम सञ्चालनको लागि तीन गाउँपालिकामा रु ६० लाखका दरले रु एक करोड ८० लाख बजेट आएको छ । जिल्ला समन्वय समितिले स्वीकृत गरेसँगै कार्यक्रम कार्यान्वयनको चरणमा गइसकेको संयोजक गौतमले बताउनुभयो ।

लक्षित वर्ग, स्थानीय तह र गैरसरकारी संस्थासँगको सहकार्य एवं सहभागितामा यो कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रमले गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच तथा सीप विकासका कार्यक्रममार्फत लक्षित वर्गको क्षमता वृद्धि र सशक्तीकरण गर्ने, स्वरोजगारी तथा आयआर्जनका क्रियाकलापमा प्राथमिकता दिने छ । सामाजिक संरक्षणसम्बन्धी कार्यक्रमअन्तर्गत असहाय अशक्त, अपाङ्ग भएका व्यक्तिहरूको पुनःस्थापनासम्बन्धी गतिविधि सञ्चालन गर्ने र कुनै प्रकोप तथा घटनाबाट घरवारविहीन भएका परिवारलाई सहयोग गरिने कार्यक्रम संयोजक गौतमको भनाइ छ । यस वर्ष भने कोरोना महामारीको चपेटामा परेकालाई मध्यनजर गर्दै मागमा आधारीत उद्यमशिलता कार्यक्रम सञ्चालन गरिने जिल्ला कार्यक्रम संयोजक गौतमले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनिराखौ दहीका बाह्र फाइदा
जनिराखौ दहीका बाह्र फाइदा
अन्ततः बम विष्फोट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ भूमिगत, हिट लिष्टमा राखेर खोजी गर्दै प्रहरी, भारत पुगेको आशंका
अन्ततः बम विष्फोट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ भूमिगत, हिट लिष्टमा राखेर खोजी गर्दै प्रहरी, भारत पुगेको आशंका
प्रदेश राजधानी चाँडै : प्रधानमन्त्री देउवा
प्रदेश राजधानी चाँडै : प्रधानमन्त्री देउवा
त्रीभुवन अन्तराष्ट्रीय बिमानस्थलको  बिकल्पका रुपमा गौतमबुद्ध बिमानस्थल रहने: मन्त्री अधिकारी
त्रीभुवन अन्तराष्ट्रीय बिमानस्थलको बिकल्पका रुपमा गौतमबुद्ध बिमानस्थल रहने: मन्त्री अधिकारी
व्यवसायीको सफलतामा नै समृद्ध नेपाल सम्भव छः मुख्यमन्त्री अधिकारी
व्यवसायीको सफलतामा नै समृद्ध नेपाल सम्भव छः मुख्यमन्त्री अधिकारी
Greatest VPN just for MAC – Use Safeguarded Socket Part For Enhancing Online To safeguard Your Mac
६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने महानगरको चेतावनी
६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने महानगरको चेतावनी
कृषि क्षेत्रमा ५६ करोडको क्षति
कृषि क्षेत्रमा ५६ करोडको क्षति
बालबालिकाको क्रिकेटप्रतिको उत्साह देख्दा चकित परे ज्ञानेन्द्र
बालबालिकाको क्रिकेटप्रतिको उत्साह देख्दा चकित परे ज्ञानेन्द्र
प्रभु इन्स्योरेन्स २३औं वर्षमा प्रवेश
प्रभु इन्स्योरेन्स २३औं वर्षमा प्रवेश