आज टुंगिएला एमाले-माओवादी पार्टी एकताको प्रतिवेदन! बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १४, २०७४
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, १४ चैत, नेकपा एमाले माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रियाको रुपमा तयार पारिएको राजनीतिक प्रतिवेदनलाई आज बुधबार अन्तिम रुप दिने भएका छन् ।
  • पार्टी एकताका लागि राजनीतिक प्रतिवेदन बनाउने जिम्मा पाएको कार्यदलले आज मस्यौदालाई अन्तिम रुप दिने बताइएको छ ।
  • एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा कार्यदलको बैठक बसी मस्यौदामाथि छलफल भएको कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिएका थिए ।

काठमाडौँ, १४ चैत, नेकपा एमाले माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रियाको रुपमा तयार पारिएको राजनीतिक प्रतिवेदनलाई आज बुधबार अन्तिम रुप दिने भएका छन् । पार्टी एकताका लागि राजनीतिक प्रतिवेदन बनाउने जिम्मा पाएको कार्यदलले आज मस्यौदालाई अन्तिम रुप दिने बताइएको छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा कार्यदलको बैठक बसी मस्यौदामाथि छलफल भएको कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिएका थिए ।

मस्यौदामाथि दुवै पक्षले आ-आफ्ना सुझाव राखेका थिए । सबै सुझाव समेटेर कार्यदलले आज बस्ने बैठकमा प्रतिवेदनलाई अन्तिमरुप दिने बताएका छन् ।

एमाले नेता माधवकुमार नेपाल संयोजक रहेको कार्यदलमा भीम रावल, प्रदीप ज्ञवाली, रघु पन्त, सुवास नेम्वाङ र माओवादी केन्द्रको तर्फबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल, देवेन्द्र पौडेल रहेका छन्।

प्रतिवेदन पार्टी एकता संयोजन समितिलाई बुझाउने र दुवै पार्टीका नेताले सार्वजनिक एकता घोषणा गर्ने बताइएको छ । दुवै पार्टीले छिटो एकता टुंगाउने सार्वजनिक रुपमा बताउँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं सुपर च्याम्पियन्सको मालिकरेखा थापा, किनिन् क्रिकेट टिम
काठमाडौं सुपर च्याम्पियन्सको मालिकरेखा थापा, किनिन् क्रिकेट टिम
शीर्ष नेताहरु छुट्टा-छुट्टै छलफलमा, प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता
शीर्ष नेताहरु छुट्टा-छुट्टै छलफलमा, प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता
मदन भण्डारीको हत्यारा को हो ? दुर्घटना अघि सँगै रहेका कट्टेलको यस्तो खुलासा
मदन भण्डारीको हत्यारा को हो ? दुर्घटना अघि सँगै रहेका कट्टेलको यस्तो खुलासा
आइतबार काठमाडौं उपत्यकामा ४३५ जनामा संक्रमण पुष्टि
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम सरकारले अघि बढाउने
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम सरकारले अघि बढाउने
गणतन्त्रपछि नेपालमा यसरी मौलाउँदैछ धर्म परिवर्तन
गणतन्त्रपछि नेपालमा यसरी मौलाउँदैछ धर्म परिवर्तन
ओलम्पिक छनोटको खेल नेपालमा हुने
ओलम्पिक छनोटको खेल नेपालमा हुने
एमालेको सचिवालय बैठक स्थगित
एमालेको सचिवालय बैठक स्थगित
काठमाडौं-१ मा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा
काठमाडौं-१ मा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा
पूर्वराष्ट्रपतिलाई मासिक २ लाख घरभाडा
पूर्वराष्ट्रपतिलाई मासिक २ लाख घरभाडा

तपाईंले छुटाउनुभयो कि?