शीर्ष नेताहरु छुट्टा-छुट्टै छलफलमा, प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता
सारांश
- काठमाण्डौ ।
- निर्वाचन पछिको राजनीतिक घटनाक्रमका बारेमा प्रमुख दलका शीर्ष नेताहरु छुट्टा–छुट्टै छलफलमा जुटेका छन् ।
- शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता हुनेभएको छ ।
काठमाण्डौ । निर्वाचन पछिको राजनीतिक घटनाक्रमका बारेमा प्रमुख दलका शीर्ष नेताहरु छुट्टा–छुट्टै छलफलमा जुटेका छन् । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता हुनेभएको छ ।
पछिल्लो राजनीतिक परिस्थितिबारे दुई नेताबीच छलफल हुने बताइएको छ । बालुवाटारमा हुने छलफलमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि फेरिएको राजनीतिक अवस्था, नयाँ सरकार गठन प्रक्रिया तथा राष्ट्रियसभा गठनका बारेमा कुराकानी हुने माओवादी अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । नयाँ चुनावी परिणाम आए पनि दलहरुबीच पहिले सरकार कि संसद भन्ने विषयमा कुरा मिल्न सकेको छैन ।
सरकारले पहिले संसद गठन भएपछि मात्र नया सरकार बन्ने भएकाले राष्ट्रपतिले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश पारित गर्नुपर्ने अडान राख्दै आएको छ भने एमाले र माओवादीले तत्काल प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने माग गरिरहेका छन् । यसैविषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबिच शुक्रबार छलफल भएको थियो ।
प्रतिक्रिया