मदन भण्डारीको हत्यारा को हो ? दुर्घटना अघि सँगै रहेका कट्टेलको यस्तो खुलासा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ३, २०७६
|
|
२२ पटक हेरिएको
Shares
मदन भण्डारीको हत्यारा को हो ? दुर्घटना अघि सँगै रहेका कट्टेलको यस्तो खुलासा

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले मदन भण्डारीको दास ढुंगा दुर्घटना नभएर हत्या नै भएको दाबी गरेका छन् ।
  • भण्डारीसँग पोखराबाट खैरेनीसँग सँगै यात्रा गरेका कट्टेलले अहिलेसम्म उक्त हत्याकाण्डबारे भण्डारीकी पत्नी वर्तमान राष्टपति विद्यादेवी भण्डारी र स्वर्गीय भण्डारीका नजिकका साथी भनिएका वर्तमान प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले कुनै चासो नदिँदा आफूलाई दुःख लागेको बताएका छन् ।
  • बिहीबार राति प्राइम टाइम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष कट्टेलले यस्तो बताएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले मदन भण्डारीको दास ढुंगा दुर्घटना नभएर हत्या नै भएको दाबी गरेका छन् । भण्डारीसँग पोखराबाट खैरेनीसँग सँगै यात्रा गरेका कट्टेलले अहिलेसम्म उक्त हत्याकाण्डबारे भण्डारीकी पत्नी वर्तमान राष्टपति विद्यादेवी भण्डारी र स्वर्गीय भण्डारीका नजिकका साथी भनिएका वर्तमान प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले कुनै चासो नदिँदा आफूलाई दुःख लागेको बताएका छन् ।

बिहीबार राति प्राइम टाइम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष कट्टेलले यस्तो बताएका हुन् । स्वर्गीय भण्डारीलाई उनको पार्टीका नेताहरुले जननेता भनेपनि आफू त्यो मान्ने पक्षमा नभएको पनि कट्टेलले जिकिर गरे ।

फरक प्रसँगमा उनले नेपाल कम्युनिष्ट पार्टी आफ्नो भएको भन्दै ओली र प्रचण्डले नेतृत्व गरेको पार्टी सरकारी कम्युनिष्ट पार्टी भएको पनि दाबी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?