गणतन्त्रपछि नेपालमा यसरी मौलाउँदैछ धर्म परिवर्तन

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०७५
|
|
५३ पटक हेरिएको
Shares
गणतन्त्रपछि नेपालमा यसरी मौलाउँदैछ धर्म परिवर्तन

सारांश

  • पुष १६, काठमाण्डौ ।
  • नेपाल धर्मनिरपेक्ष राष्ट्र कायम भएसँगै नेपालमा क्रिश्चियन धर्म तीव्र रुपमा फैलिएको छ ।
  • दुर्गम ठाउँहरुमा बसोबास गर्ने नागरिकलाई आर्थिक प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गरिएको छ ।

पुष १६, काठमाण्डौ । नेपाल धर्मनिरपेक्ष राष्ट्र कायम भएसँगै नेपालमा क्रिश्चियन धर्म तीव्र रुपमा फैलिएको छ । दुर्गम ठाउँहरुमा बसोबास गर्ने नागरिकलाई आर्थिक प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गरिएको छ । नेपालको पछिल्लो समय आफ्नो धार्मिक आस्था परिवर्तन गरी क्रिस्चियन र मुस्लीम धर्ममा प्रवेश गर्ने मानिसको संख्यामा बृद्धि आएको छ ।

धर्म परिवर्तनलाई कानूनले बन्देज लगाएता पनि विगत दुई दशकयता नेपालमा क्रिश्चियानिटी तीव्ररुपमा फैलिएको छ । गहिरोसँग जरा गाडेको छुवाछुत प्रथाबाट उन्मुक्तिको माध्यमका रुपमा पनि यसलाई धेरैले लिएका छन् । दुई शताब्दीभन्दा बढी समयदेखि हिन्दू राजतन्त्रले शासन गरेको देशमा सन् २००८ मा गणतन्त्र आयो । गणतन्त्रसँगै हिन्दुराष्ट्र खारेज गरेर धर्म निरपेक्ष बनाइएपछि धर्म परिवर्तन सहज बन्दै गएको हो ।

सन् २०११ मा गरिएको जनगणना अनुसार नेपालको २ करोड ९० लाख जनसंख्यामा क्रिस्चियनको अनुपात १.५ प्रतिशत मात्रै छ । तर, क्रिस्चियन समूहहरुले आफ्नो समुदायको जनसंख्या ३० लाखभन्दा माथि पुगेको अनुमान गरेका छन् । तर आफूहरुले जबरजस्ती धर्म परिवर्तन नगराएको नेपाल ख्रीष्टियन महासंघका अध्यक्ष सिबी गहतराज दाबी गर्छन् ।

यता नेपाल प्रहरीले भने क्रिस्चियनहरुले गाउँगाउँमा गएर गरीब मानिसहरुलाई आर्थिक लोभ देखाएर धर्म परिर्वतन गराउने गरेको दावी गरेको छ । जवरजस्ती धर्म परिर्वतन गराएको भन्दै उजुरी आउने गरेको प्रहरीको दावी छ ।

अशिक्षा, गरीवीका कारणले विभिन्न प्रलोभनमा पारेर धर्म परिर्वन गराउने गरेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदी बताउँछन् ।

जवरजस्ती धर्म परिर्वतनका कार्यमा संलग्नलाई कानुनमा उल्लेख भए अनुसार ५ बर्ष कैद र ५० हजार सम्म जरिवाना गर्ने नियम छ ।

धर्मान्तरण नेपालमा लामो समयदेखि अवैध कुरा हो । तर, यसै वर्षदेखि कार्यान्वयनमा आएको नयाँ आपराधिक संहिताले यस्तो कार्यमा संलग्नलाई तीन वर्षदेखि पाँच वर्षसम्मका लागि जेल पठाउने व्यवस्था गरेको छ । यस्तो अपराधमा सजायँ पाएका विदेशीहरुलाई आफ्नो सजायँ भुक्तान गरिएपछि देशनिकाला गरिनेछ । तर यो नियम प्रभावकारी रुपमा कार्यान्वयन भएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलमानको सफलताः विद्युत प्राधिकरणको नाफा १४९ प्रतिशतले बढ्यो
कुलमानको सफलताः विद्युत प्राधिकरणको नाफा १४९ प्रतिशतले बढ्यो
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२: नेपालसँग स्कटल्याण्ड पराजित
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२: नेपालसँग स्कटल्याण्ड पराजित
महाकाली राजमार्ग पुनः सञ्चालनमा
महाकाली राजमार्ग पुनः सञ्चालनमा
‘१ दिनका लागि ऋतिक रोशन बन्न पाए के गर्नुहुन्थ्यो’?कंगनाको जवाफ यस्तो!
‘१ दिनका लागि ऋतिक रोशन बन्न पाए के गर्नुहुन्थ्यो’?कंगनाको जवाफ यस्तो!
चितवन निकुञ्जमा गैँडा सिकार गर्न प्रवेश गरेका दुई जना पक्राउ
चितवन निकुञ्जमा गैँडा सिकार गर्न प्रवेश गरेका दुई जना पक्राउ
अस्टेलियाका उपप्रधानमन्त्रि सहित ५ संसद बर्खास्त
अस्टेलियाका उपप्रधानमन्त्रि सहित ५ संसद बर्खास्त
कस्ताे व्यबस्था छ प्रदेश र जिल्ला कमिटी काे संख्यमा नेकपाकाे  विधानमा ?
कस्ताे व्यबस्था छ प्रदेश र जिल्ला कमिटी काे संख्यमा नेकपाकाे विधानमा ?
नाबालिका बलात्कारको अभियोगमा ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला
नाबालिका बलात्कारको अभियोगमा ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला
फेसबुकमा पोस्ट गरिएको सेल्फीबाट हत्यारा पत्ता लाग्यो
फेसबुकमा पोस्ट गरिएको सेल्फीबाट हत्यारा पत्ता लाग्यो
नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक अवरुद्ध
नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक अवरुद्ध