के भयो जब पाकिस्तानी प्रधानमन्त्रीलाई विमानस्थलमा कपडा खोल्न लगाइयो ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १४, २०७४
|
|
२२ पटक हेरिएको
Shares
के भयो जब पाकिस्तानी प्रधानमन्त्रीलाई विमानस्थलमा कपडा खोल्न लगाइयो ?

सारांश

  • चैत १४ – अमेरिका भ्रमणमा गएका पाकिस्तानी प्रधानमन्त्री शाहिद खक्कान अब्बासीको जोन एफ केनेडी अन्तराष्ट्रिय विमानस्थलमा सर्वसाधारणलाई जस्तै गरी कपडा फुकाल्न लगाइएको छ ।
  • सुरक्षा जाँच भन्दै पाकिस्तानी प्रधानमन्त्रीको खानतलासी लिइएको थियो ।
  • बहालवाला प्रधानमन्त्रीलाई यसरी खानतलासी गरिएको पहिलो पटक भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

चैत १४ – अमेरिका भ्रमणमा गएका पाकिस्तानी प्रधानमन्त्री शाहिद खक्कान अब्बासीको जोन एफ केनेडी अन्तराष्ट्रिय विमानस्थलमा सर्वसाधारणलाई जस्तै गरी कपडा फुकाल्न लगाइएको छ ।

सुरक्षा जाँच भन्दै पाकिस्तानी प्रधानमन्त्रीको खानतलासी लिइएको थियो । बहालवाला प्रधानमन्त्रीलाई यसरी खानतलासी गरिएको पहिलो पटक भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

https://youtu.be/1R0u9bIvPUQ

पकिस्तानी प्रधानमन्त्रीले जेएफके विमानस्थलमा कपडा खोल्दै गरेको भिडियो भाइरल भएको छ । पाकिस्तानी मिडियाले यस घटनाले पाकिस्तानको बेइज्जत भएको बताएका छन् । अमेरिकाले प्रोटोकललाई ध्यानमा नदिएको भन्दै पाकिस्तानमा अमेरिकाको कडा आलोचना भैरहेको छ ।

पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी गएको हप्ता आफ्नी बिरामी बहिनीलाई भेट्न निजी भ्रमणका रुपमा अमेरिका जानुभएको थियो । उहाँले भ्रमणकै अवसर पारेर अमेरिकी उपराष्ट्रपति माइक पेन्ससँग पनि भेट्नुभयो । पाकिस्तानी सञ्चारमाध्यमले जनाए अनुसार पाकिस्तानी प्रधानमन्त्रीको कुटनीतिक राहदानी हुने र यस्तोमा निजी भ्रमण नहुने बताएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री अमेरिका जानुभन्दा पहिले परमाणु व्यापारको आशंकामा साती पाकिस्तानी कम्पनीलाई अमेरिकामा प्रतिबन्ध लगाइएको थियो । साथै अमेरिकाले पाकिस्तानमा वर्षौँदेखि अरबौँको सहायता गरे पनि उत्पादनशील कार्यक्रममा खर्च नभएको भन्दै सहायता रकममा कटौती गर्ने जनाएको छ ।

यसअघि अमेरिकाले सन् २०११ मा भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामलाई विमानस्थलमा जुत्ता  र ज्याकेट खोल्न लगाएको थियो । पछि यस घटनामा अमेरिकाले आफ्नो गल्ती भएको भन्दै माफी मागेको थियो ।

त्यस्तै बलिउड सुपरस्टार शाहरुख खानको पनि विमानस्थलमा खानतलासी लिइएको थियो । सन् २००१ को आतंकवादी हमलापछि अमेरिकाले मुस्लिम राष्ट्रबाट आउने नागरिकमाथि सुरक्षा व्यवस्था कडा बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?