देशको बृहत्तर हितका लागि पार्टी एकता गर्दैछौं : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २९, २०७४
|
|
३४ पटक हेरिएको
Shares
देशको बृहत्तर हितका लागि पार्टी एकता गर्दैछौं : प्रचण्ड

सारांश

  • काठमाडौं, २९ पुस ।
  • पूर्व–प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशको बृहत्तर हितका लागि नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न लागेको बताएका छन् ।
  • शनिबार दिउँसो नेपाल देशभक्त गणतान्त्रिक मञ्चले काठमाडौंमा आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले मिलेर संविधान बनायौं, ठूलठूला जोखिम थिए ।

काठमाडौं, २९ पुस । पूर्व–प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशको बृहत्तर हितका लागि नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न लागेको बताएका छन् ।

शनिबार दिउँसो नेपाल देशभक्त गणतान्त्रिक मञ्चले काठमाडौंमा आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले मिलेर संविधान बनायौं, ठूलठूला जोखिम थिए । तर, मिलेरै संविधान कार्यान्वयन भयो । अब देशको स्थिरता, सुशासन र विकासको विकल्प छैन । हामीले यत्तिकै पार्टी एकताको कुरा गरेका होइनौं । देशको राजनीतिक अस्थिरता अन्त्य गर्न, सुशासन र विकासलाई गति दिन नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न लागिएको हो । यो नेपालको भविष्य निर्माणका लागि निकै ठूलो कुरा हो ।’

मञ्चले साहित्य, संगीत, नाटक, अभिनय, ललित कला र पत्रकारिताको क्षेत्रमा योगदान गर्ने ४९ जना स्रष्टा र समाजसेवीहरुलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा साहित्यतर्फ मदन भण्डारी, इद्रिस सायल खाँ, लक्ष्मी गुरुङ, केवल बिनामी, अनिल श्रेष्ठ, देवी गुरुङ, किशोर मनस्वी, मणि अर्याल, आकाश अधिकारी, नविन लोचन मगर, रणेन्द्र बराइली, संगीततर्फ धनकुमार ग्याङ्मी, चित्रसागर श्रेष्ठ, निर्मला घिसिङ, प्रदिप बम्जन, कमला दोङ, रीना लिम्बु, पूजा सुनुवार, नाटकतर्फ किशोर अनुराग, ईच्छा सिंह, टिकाराम रसाइली, अशोक सिवाकोटी, पुरु लम्साल, मोति बहादुर कार्की (परिवर्तन), चलचित्रतर्फ सुवास गजुरेल छन् ।

त्यस्तै सम्मान हुनेहरुमा डम्बर बहादुर बुढाथोकी, परशुराम चौधरी, रेणु चौधरी, राजु केसी, पत्रकारितातर्फ ओपेन्द्र शर्मा, मनुकुमारी पुलामी, निर्मल ज्ञवाली, दयानिधि भट्ट, ध्रुवराज अधिकारी, सन्तोष पौडेल, गोमा घिमिरे, शैलेन्द्र घिमिरे, ललित कलातर्फ जुनी लामा, रामकृष्ण भण्डारी, नरेन्द्र प्रसाद भण्डारी, केशवराज खनाल, देवेन्द्र थुम्केली, सामाजिक क्षेत्रतर्फ प्रकाश लक्ष्मी तुलाधर, रामप्रसाद गौतम, दुर्गा प्रसाई, बिमललाल श्रेष्ठ, स्वस्थानी आले मगर लगायत रहेका छन् ।

स्रष्टाहरुलाई अध्यक्ष प्रचण्ड, राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय गठन गर्ने
प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय गठन गर्ने
खरेलले मेरो चरित्र हत्या गर्न खोजेः वामदेव गाैतम
विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नेपाल स्काउटको राहत संकलन
विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नेपाल स्काउटको राहत संकलन
मंगलवार थपिए ८ हजारभन्दा बढि कोरोना संक्रमित
मंगलवार थपिए ८ हजारभन्दा बढि कोरोना संक्रमित
प्रचण्डले भने: आलोपालो प्रधानमन्त्री बन्न ओलीसँग लिखित सहमति
प्रचण्डले भने: आलोपालो प्रधानमन्त्री बन्न ओलीसँग लिखित सहमति
Janhvi Kapoor visits Tirupati Temple with family ahead of ‘Dhadak’ release!
Janhvi Kapoor visits Tirupati Temple with family ahead of ‘Dhadak’ release!
दिपाश्रीलाई जिस्क्याउँदै गृहमन्त्री बिमलेन्द्र निधिले भने, ‘के गर्नु मेरो विवाह पहिल्यै भइहाल्यो’
दिपाश्रीलाई जिस्क्याउँदै गृहमन्त्री बिमलेन्द्र निधिले भने, ‘के गर्नु मेरो विवाह पहिल्यै भइहाल्यो’
राजनीतिक शुद्धिकरणका लागि युवा सक्रिय हुनुपर्छ : अध्यक्ष तिमिल्सिना
राजनीतिक शुद्धिकरणका लागि युवा सक्रिय हुनुपर्छ : अध्यक्ष तिमिल्सिना
कांग्रेसले चुनाव हारे लोकतन्त्र कमजोर हुन्छः नेत्री सुजाता कोइराला..
कांग्रेसले चुनाव हारे लोकतन्त्र कमजोर हुन्छः नेत्री सुजाता कोइराला..
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण भदौ ८ गते
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण भदौ ८ गते

तपाईंले छुटाउनुभयो कि?