महिला र बालबालिकाका मुद्दामा गम्भीर हुनु : आईजीपी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १६, २०७४
|
|
३० पटक हेरिएको
Shares
महिला र बालबालिकाका मुद्दामा गम्भीर हुनु : आईजीपी

सारांश

  • पालगन्जः नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)प्रकाश अर्यालले महिला तथा बालबालिकाका घटनामा गम्भीर भएर अनुसन्धान गर्न निर्देशन दिएका छन्।
  • शुक्रबार नेपालगन्जमा महिला तथा बालबालिका सेवा केन्द्रको आधुनिक भवनको उद्घाटन गर्दै महानिरीक्षक अर्यालले महिला र बालबालिका सम्बन्धिका मुद्दामा कडाइका साथ अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका हुन्।
  • पछिल्लो समय महिला र बालबालिकामाथि हिंसाजन्य घटनाहरु वृद्धि हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।

पालगन्जः नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)प्रकाश अर्यालले महिला तथा बालबालिकाका घटनामा गम्भीर भएर अनुसन्धान गर्न निर्देशन दिएका छन्।शुक्रबार नेपालगन्जमा महिला तथा बालबालिका सेवा केन्द्रको आधुनिक भवनको उद्घाटन गर्दै महानिरीक्षक अर्यालले महिला र बालबालिका सम्बन्धिका मुद्दामा कडाइका साथ अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका हुन्।

पछिल्लो समय महिला र बालबालिकामाथि हिंसाजन्य घटनाहरु वृद्धि हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।‘महिला र बालिकामाथि ज्यादती बढेको छ, अपराधी कानुनी दायरामा नआउँदा प्रहरीको आलोचना हुने गरेको छ,’ उनले भने, ‘पीडितले महशुस हुने गरी न्याय दिलाउन अनुसन्धान गर्नुस् र कसैको प्रभावमा नपरी अपराधीलाई कानुनी दायरामा ल्याउनुहोस्। त्यसका लागि केन्द्रबाट सहयोग हुन्छ।’

उनले महिला तथा बालबालिकाका सवालमा शून्य सहनसिलता अपनाइएको भन्दै लापरवाही गर्ने कडा कारवाही गर्ने चेतावनी दिए।कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाकी उपयमेयर उमा थापामगरले महिला र बालिकामाथि हिंसाजन्य अपराध बढीरहेकाले प्रहरीले अपराधीलाई कारवाहीमा ल्याउन सक्रियता बढाउनुपर्ने बताइन्।

अर्यालले उद्घाटन गरेको १७ कोठे आधुनिक भवन १ रोपनी १० आनामा फैलिएको छ। नेपाल सरकार र एसियाली विकास बैंक सहयोगमा डेढ करोड लागतमा निर्माण बनेको भवन महिला सेललाई हस्तान्तरण गरेका छन्।

अन्नपूर्ण पोस्ट बाट 

 

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?