को हुन् ३० औं आईजीपीमा नियुक्त कुँवर?

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ११, २०७९
|
|
१७ पटक हेरिएको
Shares
को हुन् ३० औं आईजीपीमा नियुक्त कुँवर?

सारांश

  • काठमाडौं।
  • नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त भएका छन्।
  • शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गरेको हो।

काठमाडौं। नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गरेको हो।

कुँवर नेपाल प्रहरीको ३० औं प्रहरी महानिरीक्षक (आईजीपी) बनेका हुन्। कुँवरले आइतबारदेखि कार्यभार सम्हाल्नेछन्। ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राति १२ बजेबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकास पाउँदै छन्। उनी अवकास हुन लाग्दा सरकारले नयाँ आईजीपी नियुक्त गरेको हो।

महानिरीक्षक कुँवर अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १ मा विसं २०२६ चैत १५ गते जन्मिएका हुन्।

भीम बहादुर कुँवर र नमकला कुँवरका छोरा वसन्तका दाजु बाबुराम कुँवर गण्डकी प्रदेश प्रमुख भइसकेका छन्।

उनकी श्रीमती लक्ष्मी पराजुली र २ छोरा छन्। प्रहरी महानिरीक्षक कुँवरले २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन्।

व्यावशायीक, निष्ठावान र साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाएका प्रहरी महानिरीक्षक कुँवर २०६३ भदौ ८ गते प्रहरी नायव उपरीक्षकमा बढुवा भएका थिए।

२०७१ फागुन १० गते प्रहरी उपरीक्षक र २०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक भएका थिए। भर्ना हुँदा अघिल्लो वरियतामा रहेका कुँवर डीएसपी, एसपी र एसएसपीमा बढुवा हुँदा भने पछि पारिएका थिए।

तर २०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षकमा पहिलो नम्बरमा बढुवा भएसँगै कुँवरलाई भाबी आईजीपीका रुपमा हेरिएको थियो।

२०७९ चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुँदा पनि पहिलो वरियतामै बढुवा भए।

त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर (एमबिए) शैक्षिक योग्यता हासिल गरेका छन्।

प्रहरी महानिरीक्षक कुँवर अन्तर प्रदेश प्रहरी कार्यदक्षता मूल्याङ्कन २०७३ मा सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुख हुन सफल भएका थिए।

त्यतिबेला जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत रहँदा पुलिस व्याटन २०७३ प्राप्त गरेका थिए।

उनले प्रहरी सेवाको क्रममा सुप्रबल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, दैवीप्रकोप पीडितोद्वार पदक, दुर्गम सेवा पदक लगायतका विभूषणबाट विभूषित भएका छन्।

यसैगरी उनले उत्कृष्ट ढंगले जिम्मेवारी वहन गरेको भन्दै १७ पटक नगद पुरस्कार प्राप्त गरेका छन्।

उनले प्रहरी निरीक्षक आधारभूत तालिमसँगै मानव अधिकार प्रशिक्षक प्रशिक्षण तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, अपराध अनुसन्धान तालिम, प्रशिक्षक प्रशिक्षण तालिम, ईन्भेस्टिगेटिभ ईन्टरभ्यु ट्रेनिङ कोर्ष, जमीनमुनीको विष्फोटक पदार्थ र अन्य विष्फोटन सामाग्रीको सामान्य जानकारी, कोर्ष अन ह्युमेनराइट्स एण्ड ल इन्फोर्समेन्टको तालिम गरेका छन्।

स्थानीय संस्थाहरूको लागि क्षमता निर्माण, अपराधिक अनुसन्धान विधि तालिम, ट्रेनिङ अफ ट्रेनर्स अन प्रिभेन्सन अफ जेण्डर बेस्ड भ्वायलेन्स एण्ड एचआईभी एड्स, प्रजातान्त्रिक प्रहरी र मानवाधिकार तालिम, महिला तथा बालबालिकासम्बन्धी अपराध अनुसन्धान माष्टर प्रशिक्षक प्रशिक्षण तालिम, करप्सन एण्ड फाईनान्सियल ईन्भेष्टिगेसन मेथोडोलोजी ट्रेनिङ वर्कसप फर सिआईएए नेपाल, अपराध व्यवस्थापन कोर्ष, द्वन्द्व व्यवस्थापन तालिम र रेजनल सिनियर मिसन लिडर्स कोर्सलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका छन्।

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा गुल्मी, सुनसरी, सिन्धुली, मोरङ, दाङ, रोल्पा, काठमाडौं, नवलपरासी र डोटीमा खटिएका थिए।

प्रहरी नायव उपरिक्षकमा मनाङ, गोरखा, धादिङको जिल्ला प्रहरी प्रमुखका रुपमा काम गरेका थिए भने प्रहरी उपरीक्षक भएपछि चितवन र नुवाकोट जिल्लाको कमाण्ड गरेका थिए।

प्रहरी वरिष्ठ उपरीक्षक भएपछि केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासीमा काम गरेको अनुभव छ।

प्रहरी नायव महानिरीक्षकमा मधेश प्रदेश प्रहरी प्रमुख र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा काम गरेका थिए। संयुक्त राष्ट्र संघीय मिसन सुडान र लाइबेरियामा काम गरेको अनुभव छ।

कुँवर २०७९ चैत ६ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाम गठबन्धनमा मुख्यमन्त्रीको भागबन्डा भाेलि टुंगिने: यी हुन् आकांक्षीहरू
बाम गठबन्धनमा मुख्यमन्त्रीको भागबन्डा भाेलि टुंगिने: यी हुन् आकांक्षीहरू
सुँड काटिएको सौराहाको हात्तीले दाना खान थाल्यो
सुँड काटिएको सौराहाको हात्तीले दाना खान थाल्यो
नेकपा विवाद मिलाउन दोस्रो तहका नेताको सक्रियता
नेकपा विवाद मिलाउन दोस्रो तहका नेताको सक्रियता
उदयपुर की एक युवती १ महीना देखि बेपत्ता:खोजीमा सबै मौन
उदयपुर की एक युवती १ महीना देखि बेपत्ता:खोजीमा सबै मौन
प्रधानमन्त्री ओलीका कुरा सुन्दा हाँसो उठ्छ, काम देख्दा रुन मन लाग्छ : रामहरि खतिवडा
प्रधानमन्त्री ओलीका कुरा सुन्दा हाँसो उठ्छ, काम देख्दा रुन मन लाग्छ : रामहरि खतिवडा
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
श्रीमती सुन्दरीका प्रतियोगीहरुले देखाए यस्तो भित्री प्रतिभा (फोटोफिचर)
श्रीमती सुन्दरीका प्रतियोगीहरुले देखाए यस्तो भित्री प्रतिभा (फोटोफिचर)
फोनमा अब जत्ति बोल्यो, त्यत्तिकै मात्र पैसा
फोनमा अब जत्ति बोल्यो, त्यत्तिकै मात्र पैसा
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश
झापामा ओली, सिटौला र विश्वप्रकाशको पछिल्लो मत परिणाम !

तपाईंले छुटाउनुभयो कि?